काठमाडौं : तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई सफाइ दिएको छ। बालिका बलात्कार आरोपमा जेलमा रहेका पललाई अदालतले मंगलबार सफाइ दिएको हो।
जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको एकल इजलासले पलमाथि लगाइएको बलात्कारको दाबी नपुगेको भन्दै सफाइ दिएको हो। पलसँगै उनका म्यानेजर कृष्ण जोशीलाई पनि अदालतले सफाइ दिएको छ।
यसअघि बालिकालाई बलात्कार गरेको अभियोगमा पललाई तनहुँ र नवलपरासी जिल्ला अदालतले २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।
नाबालिग जबर्जस्तीकरणी अभियोगमा थुनामा रहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले जबर्जस्तीकरणी अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको हो ।
अभिनेता साहसँगै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिइएको छ । तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।
गत फागुन ११ गते नाबालिकाका बुबाले शाहविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीपश्चात् फरार रहेका शाह आफैँ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
प्रकाशित मिति २०७९ माघ ३ गते मङ्गलबार ०७:०४