काठमाडौं । सार्वजनिक जमिन अतिक्रमण गरी बसोबास गर्ने देशभर छन् । अन्यत्र जमिन सकिएर, भरिएर भन्दा पनि सित्तैमा पाइने भएर पनि कतिपयले आफूखुसी जमिन अतिक्रमण गरेका छन् । एकातिर सरकार वर्षौंदेखि सुकुम्बासी समस्या समाधान गर्ने भनेर जग्गा वितरण गरिरहेको छ, अर्कोतिर सार्वजनिक, पर्ति, ऐलानी जमिनमा अतिक्रमण बढिरहेको छ ।
एक पटक जमिन अतिक्रमण गरेर बसिसकेपछि सितिमिति मानिसहरु त्यस्तो ठाउँ छाड्नै मान्दैनन् । बल प्रयोग गर्न खोज्दा दोहोरो झडप नै हुन्छ । यस्तो झडप काठमाडौंमा केही समय अघि राम्रैसँग भयो । पूर्वेली सहर धरानमा मेयर हर्क साम्पाङले अव्यवस्थित बसोबासीका घर टहरा भत्काउन डोजर पठाएका थिए । तर डोजरमाथि नै ढुंगामुढा गरियो । डोजरका शिशा फुटे, केही घाइते समेत भए । यस विषयमा धरान उपमहानगर–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूसँगको कुराकानी :
खोला किनारमा सार्वजनिक जग्गामा बनेको घर भत्काउदाँ सुरक्षाकर्मी र स्थानीयबीच झडप भयो । झडपको स्थिति किन सिर्जना भयो ? क्षतिको विवरण के छ ? कति जना घाइते भए ?
स्थानीय नवीनले घर बनाएका हुन् । घर बनाएपछि धरान उपमहानगर आएर सूचना टाँसेको थियो । ५ नम्बर वडा समितिलाई खास घरसम्बन्धि केही पनि जानकारी थिएन । उपमहानरले घर रोक्का गर्नु भनेको पनि थियो ।
घर भत्काइयोप्रति तपाईको चित्त बुझाइ छैन ? वा असन्तुष्ट हुनुहुन्छ भनेर बुझौँ ?
निम्न मान्छे नै हुन् । भरसक राख्न पाएचाहिँ हुन्थ्यो भन्ने हाम्रो मनसाय नै हो ।
मेयरसाबले जे कदम चाल्नुभयो यो उचित होइन भन्ने बुझौँ ?
अब, त्योचाहिँ बहुजातिय खेल मैदान नै हो । अब बहुजातिय खेल मैदानमा घर बनाउनु त नहुने नै हो ।
त्यसो हो भने किन गलत हो भन्नुहुन्छ ? सार्वजनिक जग्गामा बनाइएको घर भत्काउनु त नगरले ठीकै गरेको होइन र !
त्यो मान्छे पनि अलिकति पीडित नै हो । अर्काकै घरमा भाडा तिरेर बसेको हो ।
जमिन खाली पनि गराउनुपरेको छ, जनताको माया पनि लागेको छ । तपाईचाहिँ बीच बीचमा पर्नुभयो ?
मचाहिँ मध्यमै परे । उस्को घर भत्काउ आफ्नै जनता हो, आफ्नै गाउँको मान्छे हो । राज्यको संरचनाभित्र घर बनेको छ ।
दुइटैमा लड्डु त कसरी पाइयो र वडाध्यक्षज्यू ? जग्गा खाली पनि गराउनु छ जनताको माया पनि छ,
हिजो उनीहरुले भोट दिएर निर्वाचित भएको मान्छे हुँ । आज उसैको घर भत्काउनु जानु त अलिकति नैतिकताले नै नदिने हो । तर, माथिल्लो निकायबाटै निर्देशन आइसकेपछि बाध्यतामा पनि परिन्छ । त्यस हिसाबले अघि बढेको हो ।
यस विषयमा मेयरसाबले केही भन्नुभयो कि…
मेयरसाबसँग कुरा राखेको हो, त्यसो भनेर हुँदैन वडाध्यक्षज्यू जसरी भए पनि भत्काउनुपर्छ, राज्यको संरचनाभित्र परेको छ, जसरी हुन्छ घर भत्काउनैपर्छ भन्नुभयो ।
यसअघिका वडाअध्यक्ष सन्तोष लिम्बुले नै सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका भन्ने कुरा छ । तर, आज त उनी पनि घर भत्काउन नहुने भन्दै नगरपालिकाविरुद्ध प्रतिवादमा उत्रिए नि ? यस्लाई पूर्ववडाअध्यक्षको दोहोरो भूमिकालाई कसरी लिने ?
हेर्दाखेरि त दोहोरो चरित्र नै देखियो । तर, घर भत्काइहालियो । अब मेयरसाबको निर्देशनमा घर भत्काइयो तर मेरो घरमा आएर पूर्ववडाध्यक्ष र उहाँको दाजुसहित ३५ जना आएर मेरो निर्दाेष छोरा, भतिज, मेरी श्रीमती कुटेर गए । मेरो घरभित्रै आएर कोठा कोठामा खोजी खोजी, जगल्टाएर कुटियो ।
कस्ले कुटेको हो वडाध्यक्षज्यू ?
पूर्ववडाध्यक्षको कमाण्ड । उहाँको दाजु । वडाध्यक्ष मुर्दावाद भन्दै राजीनामा मागियो । तथानाम गाली बेइजत गर्दै जानुभयो । मचाहिँ हस्पिटलतिर थिए, मोबाइल साइलेन्टमा बसेकोले थाहा भएन । वडाध्यक्षले गर्दाखेरी घर भत्कियो मेरो घरमा आएर घरभित्र छिरेर छोरा, भतिजलाई केसमा समातेर जानुभयो । मैले यस विषयमा ध्यानाकर्षण पनि गराएको छु–शान्ति सुरक्षा गरिपाऊँ भनेर ।
भनेपछि घरचाहिँ मेयर हर्क साम्पाङले चलाउनुभयो पीडाचाहिँ तपाईले खेप्नुपर्यो ?
हजुर, हजुर । निर्दाेष मेरा छोरा, भतिजहरुले कुटाइ खाँदा मेरो आपत्ति हो ।
यो घटनामा मेयरसाबको चाहिँ भूमिका के हुनुपथ्र्याैँ ?
कडाभन्दा कडा कारबाही उहाँहरुलाई गर्नुपर्यौँ । मेरो ज्यानको सुरक्षा दिनुपर्यो । मेरो निर्दाेष छोराछोरीमाथि कुटपिट भएकोबारे उहाँको पनि ध्यानाकर्षण हुनुपर्यो । अहिलेसम्म कुनै रिसइबी, विरोध केही थिएन । तर, किन मेरो छोराछोरीलाई कुटियो । मान्छे लिएर आएर घरभित्र छिरेर मान्छे कुटियो ।
यो घटनापछि मेयरसाबले फोन गर्नुभएन ?
मैलेचाहिँ गरे । यसमा हाम्रो ध्यानाकर्षण भएको छ । कानुनअनुसार जानुपर्छ भन्नुभयो ।
घर भत्काउने भए वडा ५ मा ८० प्रतिशत घर ऐलानीमा बसेका छन् ती पनि भत्काउनु प¥यो । सुकुम्बासीलाई व्यवस्थापन नगरी भत्काउनु भएन, भत्काउनु अघि खोलाको भाग सिमांकन गर्नुप¥यो भन्ने माग गरेका छन् नि ?
यो त ८० प्रतिशतभन्दा बढीमा ऐलेनीमा घर बन्नुचाहिँ स्वभाविकै हो । तर, मेयरसाबको योजनाचाहिँ के छ भने नयाँ खोलाको छेउछेउमा बनिनु भएन । त्यसैले व्यवस्थित बनाएर अघि बढ्नुपर्छ, जोखिम क्षेत्रमा बनाउनुहुन्न भनेरै उहाँ लाग्नुभएको हो ।
प्रकाशित मिति २०७९ माघ ९ गते सोमबार ०५:१२