प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता ओलीले भने रविको पाटीलाइ गृहमन्त्री दिउ

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता ओलीले भने रविको पाटीलाइ गृहमन्त्री दिउ

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ १८ गते बुधबार ०३:१६

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्री...

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटमा नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनबीच छलफल भएलगत्तै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुवै नेता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनका लागि दाहालसँग छलफलमा रहेका हुन् ।

प्रधानमन्त्री दाहाल भने पासपोर्टको विषय छानबिनमा रहेको भन्दै लामिछानेलाई गृह मन्त्रालय दिन नसकिने बताउँदै आएका छन् । तर‚ एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देन भने लामिछानेललाई जिम्मेवारी दिने पक्षमा रहेका छन् ।

 

प्रकाशित मिति २०७९ माघ १८ गते बुधबार ०३:१६
प्रतिक्रियाहरु