माघ, काडमाडौं ।
नेपालको कलाकारिता क्षेत्रमा एकपछि अर्को सेलिब्रिटीको वैवाहिक सम्बन्ध संकटमा परिरहेका छन् । सबैभन्दा पछिल्लो प्रकरण हो( प्रख्यात दोहोरी गायिका बबिता बानिया ‘जेरी’ र गायक शंकर क्षेत्रीको ।
नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित यो जोडीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा छ । अदालतमा फाइल भइसकेको डिभोर्स केस टुंगो लाग्न प्राविधिक कारणले मात्रै ढिलाइ भएको हो ।
तिहार र छठको बिदा सकिएर अदालत खुलेसँगै आगामी हप्ताभित्र उनीहरु कानूनी रुपमा अलग हुने निश्चितप्रायः रहेको खबरहरु बाहिरिरहेका छन् ।
पाँच वर्षसम्म ‘डिप लभ’ मा परेर साढे दुई वर्षअघि बिहे गरेका जेरी र शंकरको सम्बन्ध यति छिटो किन धरापमा पर्यो ? दुवैसँग निकटस्थ स्रोतका अनुसार डिभोर्सका लागि जेरीभन्दा पनि शंकर व्यग्र रहेका खबरहरु बाहिरिरहेका छन् ।
जेरीलाई सहमतिमा ल्याएर उनले नै डिभोर्सको मुद्दा दर्ता गरेका हुन् । जेरीले आफ्नो पछिल्लो अन्तर्वार्तामा ‘श्रीमानको इच्छा पुर्याइदिन डिभोर्सका निम्ति आफू तयार भएको’ बताइसकेकी छन् ।
जेरी र शंकरबाट २ वर्षकी छोरी छन् । कम्तिमा छोरीकै निम्ति भए पनि जेरी यो सम्बन्धलाई टिकाउने हरसम्भव प्रयासमा थिइन् । अझै पनि शंकरको मन फर्किए सम्बन्धलाई निरन्तरता दिन उनी इच्छुक रहेको स्रोतको भनाइ छ ।
यसैबीच, शंकरले समेत बोल्ड डिसिजन सुनाएका छन् । विभिन्न चलेका युट्युब च्यानलहरुमा भिडियो अन्तरवार्ता दिदै शंकरले जेरिलाई डिभोर्स नदिने निर्णय सुनाएका हुन् । शंकरले भावुक हुदै ठूलो घोषणा समेत गरेका छन् । शंकरले आफूले मिल्न चाहेको भन्दै अभिव्यक्ती दिएका छन् ।
प्रकाशित मिति २०७९ माघ १९ गते बिहिबार १०:४१