पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश

छाँयापाटी

@छाँयापाटी

२०७९ माघ २३ गते सोमबार ०५:१२

नाबालगि गायिका बलात्कार अभियोगमा थुनामा रहेका पल शाह भनिने नायक पूर्णविक्रम शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ। तनहुँ जिल्ला अदालतबाट सफाइ पाइसकेका उनलाई जिल्दा अदालत नवलपुरमा रहेको मुद्दामा उच्च अदालतले...

नाबालगि गायिका बलात्कार अभियोगमा थुनामा रहेका पल शाह भनिने नायक पूर्णविक्रम शाहलाई १५ दिनभित्र झिकाउन उच्च अदालत पोखराले आदेश दिएको छ।

तनहुँ जिल्ला अदालतबाट सफाइ पाइसकेका उनलाई जिल्दा अदालत नवलपुरमा रहेको मुद्दामा उच्च अदालतले १५ दिनभित्र झिकाउन सोमबार आदेश दिएको हो।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको इजलासले शाहलाई उपस्थित गराउन आदेश दिएको हो।

उनीविरुद्ध नवलपुरको गैंडाकोटस्थित एक होटलमा बलात्कार गरेको अभियोगमा नाबालिग गायिकाले जाहेरी दिएकी थिइन्।

उक्त मु्द्दामा जिल्ला अदालत नवलपुरले उनलाई अढाइ वर्ष कैदको फैसला गरेको छ। उक्त आदेशविरुद्ध पलका वकिलहरुले उच्च अदालत पोखरामा रिट हालेका थिए। त्यही रिटमाथिको सुनुवाइका क्रममा अदालतले पललाई झिकाउन निर्देशन दिएको हो।

पल अहिले तनहुँ कारागारमा छन्। यसअघि नै उनले माघ ४ गते तनहुँ अदालतबाट सफाइ पाइसकेका छन्। उनै नाबालिग गायिकालाई दमौलीको एक होटलमा बलात्कार गरेको आरोप उनीमाथि थियो। तर उक्त मुद्दाबाट सफाइ पाएका उनले गैंडाकोटको घटनाका कारण जेल जीवन बिताइरहेका छन्।

नवलपुर अदालतले बलत्कारको आरोपमा सफाइ दिए पनि बाल यौन दुरुपयोगको कसुरमा पललाई सजाय तोकेको थियो।

 

प्रकाशित मिति २०७९ माघ २३ गते सोमबार ०५:१२
प्रतिक्रियाहरु