चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् ।
टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको बताएको छ । ३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो ।
सोमबारको भूकम्पमा परी हालसम्म १५ हजारको मृत्यु पुष्टि भएको छ ।
राष्ट्रपति निर्वाचनमा सत्तासीन माओवादी केन्द्रको साथ पाउनेमा नेपाली कांग्रेस ढुक्क देखिएको छ । राष्ट्रपति निर्वाचनका सन्र्दभमा कांग्रेसले पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको संवादलाई तीव्रता दिएको छ ।
सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले राष्ट्रपतिको निर्वाचनमार्फत पुरानो गठबन्धन ब्युताउन सकिने विश्वाससहित प्रधानमन्त्री समेत रहेका प्रचण्डको विश्वास जित्ने प्रयत्न गरिरहेका छन् । महामन्त्री थापा सभापति देउवाको सल्लाह अनुसार केही दिनअघिमात्रै प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
राष्ट्रपतिमा अहिलेसम्म नेपाली कांग्रेस र एमालेले उम्मेदवार उठाउने सार्वजनिक गरिसकेका छन् । कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारमा माओवादी केन्द्रको समर्थन प्राप्त गर्न सभापति देउवा, महामन्त्री थापाबाहेक नेताहरु पूर्णबहादुर खड्का र रमेश लेखक पनि लागिरहेका छन् ।
माओवादीबाट पनि निर्वाचनअघिको गठबन्धन ब्युताउन उपाध्यक्ष कृष्णबहादुर महरा, उप–महासचिव जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरल लगायतका नेताहरु वातावरण निर्माणमा लागेको बताइन्छ । माओवादी नेतासँगको संवादमा रहेका महामन्त्री थापा गठबन्धन ब्युतिने परिस्थिति बन्दै गएको दावी गर्छन् ।
प्रधानमन्त्री प्रचण्डसँग डेढ घण्टाको भेटपछि थापा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् । कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेललाई बनाउने तयारी छ ।
प्रधानमन्त्री प्रचण्ड र माओवादीका दोस्रो तहका नेतासँगको छलफलमा कांग्रेसले रामचन्द्र पौडेलको नाम राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेको छ ।
कांग्रेस नेताहरुसँगको संवादमा अध्यक्ष प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने बचन दिएको कांग्रेस नेताहरुको दाबी छ । कांग्रेस नेता रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास थाल्नु भएको छ । त्यो भनेको कांग्रेसकै उम्मेदवारका लागि हो भन्ने हामीले बुझेका छौं
प्रकाशित मिति २०७९ माघ २६ गते बिहिबार ११:१७