राष्ट्रपतिको उम्मेदवार म आफै उठ्छु कांग्रेशलाइ सहयोग गरिदैन – खनाल

राष्ट्रपतिको उम्मेदवार म  आफै उठ्छु कांग्रेशलाइ सहयोग गरिदैन – खनाल

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण २ गते मङ्गलबार ०१:१९

धनगढी – पूर्वप्रधानमन्त्री झलनाथ खनालले वश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउन सक्ने बताएका छन् । मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्...

धनगढी – पूर्वप्रधानमन्त्री झलनाथ खनालले वश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउन सक्ने बताएका छन् । मंगलबार प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।

राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि भन्ने जिज्ञासामा उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा उम्मेदवार उठाउने बताएका हुन।

त्यस्तै उनले अहिलेको सत्ता गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन् । खनालले भने, ‘अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने त्यस्तो केही सम्भावना देखिरहेको छैन् ।

करोडौको लागतमा विशेष आर्थिक क्षेत्र (सेज) भित्र निर्माणको क्रममा रहेको प्रदर्शनी भवनको ढलान सोमबार खसेको छ । जीतपुरसिमरा ४ स्थित सेजमा निर्माणाधीन भवनको पहिलो तल्लाको ढलान कार्य भइरहेका बेला उक्त घटना भएको हो ।

ढलान खस्दा दुई मजदुर सामान्य घाइते भएका छन् । स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किएका उनीहरुको अवस्था सामान्य छ । तर, घटनामा ठेकेदार कम्पनीको लापररबाही देखिएको छ ।

सेजमा कार्यरत प्राविधिकका अनुसार ठेकेदार कम्पनीको लापरवाहीका कारण उक्त घटना हो । प्रदर्शनी भवनको ढलान आफैमा चुनौतीपूर्ण रहेको अवस्थामा ठेकेदार कम्पनीले बलियो टेका लगाउनेतर्फ ध्यान नदिएको सेजका प्राविधिक बताउछन् ।

उक्त भवन निर्माणको जिम्मा काठमाण्डौको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो । सेजको ए ब्लकमा निर्धाणाधिन उक्त प्रदर्शनी भवनसहित चमेना गृह, दुई वटा प्रवेशद्धार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो ।

एक वर्षअघि ठेक्का सकारेर काम सुरु गरेको उक्त कम्पनीले प्रदर्शनी भवनको ढलान कार्य आइतवार सुरु गरेको थियो । पहिलो दिनमा ढलान कार्य सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीले सोमबार बिहानदेखि काम सुरु गरेको थियो ।

करिब २६/४५ मिटरको उक्त प्रदर्शनी भवनको ढलान भत्किएपछि सेजले विज्ञ टोली गठन गर्ने भएको छ । सेजका इन्जिनियर अजय चौधरीले घटनाको विषयमा केन्द्रलाई जानकारी गराएको र केन्द्रबाट विज्ञ टोली छानविनका लागी आउने बताए ।

चौधरीले ठुलो प्रदर्शनी हलको ढलान गर्दा अपनाउनुपर्ने सावधानी ठेकेदार कम्पनीले नअपनाएका कारण घटना भएको बताए । उनले क्षतीको सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीले लिनुपर्ने बताए ।

 

प्रकाशित मिति २०७९ फाल्गुण २ गते मङ्गलबार ०१:१९
प्रतिक्रियाहरु