कुशलको शतकीय योगदानसँगै नामिबियाबिरुद्ध नेपालको जित

कुशलको शतकीय योगदानसँगै नामिबियाबिरुद्ध नेपालको जित

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण २ गते मङ्गलबार ०५:००

२ फागुन, काठमाडौं । कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड  क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले  १४ बल बाँकी छँदै भेट्टायो ।नेपाललाई जिताउन...

२ फागुन, काठमाडौं । कुशल भुर्तेलले शतकीय पारी खेलेपछि आईसी वर्ल्ड  क्रिकेट लिग डिभिजन टूमा नेपालले नामिबियाविरुद्धको खेल २ विकेटले जितेको छ ।

जितका लागि पाएको २८६ रनको लक्ष्य नेपालले  १४ बल बाँकी छँदै भेट्टायो ।

नेपाललाई जिताउन शतकीयो योगदान गरेका कुशल भुर्तेल ११५ रनमा आउट भए ।

कुशल भुर्तेल आईसीसी क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडी बनेका छन् । लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भइरहेको नामिबिया विरुद्धको खेलमा उनले शतक बनाएका हुन् ।

भुर्तेलले ४१औं ओभरको अन्तिम बलमा नामिबियाका कप्तान जेर्हार्ड एरासमसलाई सिंगल रन प्रहार गर्दै शतक पूरा गरे । उनले ९९ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा शतक बनाएका हुन् ।

सअघि भुर्तेलको ओडिआईमा उच्च स्कोर ८४ थियो । कुशल भुर्तेल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्का, हालका कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका थिए ।

ओडिआईमा नेपालबाट व्यक्तिगत उच्च स्कोर भने रोहितको नाममा छ । उनले गत वर्ष मार्चमा टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२६ रन बनाएका थिए ।

 

प्रकाशित मिति २०७९ फाल्गुण २ गते मङ्गलबार ०५:००
प्रतिक्रियाहरु