काठमाडौँ । काठमाडौं महानगरले आफ्ना प्रमुख र उपप्रमुखका लागि राम्रै सेवा सुविधा उपलब्ध गराउँछ । कामभन्दा सुविधा थपेर रमाइला दिनको सुरुवात गर्ने गर्ने चलन अघिल्ला मेयर विद्यासुन्दर शाक्यले गरेका थिए । विद्यासुन्दरले गरेको असुन्दर सुरुवातलाई दुई युवा नेतृत्व बालेन साह र सुनिता डंगोलले पनि निरन्तरता दिने मात्रै होइन, सुविधा थप्नेसम्मको प्रयास गरेका छन् । बालेन र सुनिता दुवैको घर काठमाडौंमा छ । तर अब निवास सुविधा चाहिँ महानगरको पैसाबाट लिने गरी सुविधा थपको प्रक्रिया अघि बढाइएको छ । बालेन र सुनिताका लागि ‘घर छैन’ भन्ने अवस्था फिटिक्कै होइन । तर आफ्नै हातमा डाडु-पन्यु भएको बेला किन छाड्ने ? सायद यस्तै चाहनाले काम गर्यो कि ?
काठमाडौँ महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले काठमाडौँमा आफ्नै तीन/चार तले घर हुँदा हुँदै सरकारी निवास लिन मिल्ने गरी सुविधा थप्न लागेका छन् ।
महानगरपालिकाले कानून नै बनाएर मेयर र उपमेयरलाई सरकारी निवासको सुविधा उपलब्ध गराउने भएको हो । महानगरले जारी गरेको ‘काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९’ अनुसार यो सुविधाको व्यवस्था गर्न लागिएको छ ।
महानगरबासीले पाउने सेवा सुविधाको गुणस्तरमा कुनै फरकपन नदेखिएको अवस्थामा आफ्ना सेवा सुविधामात्रै थप्न खोजे पछि काठमाडौं महानगरका मेयर र उपमेयर अहिले आलोचित बनेका छन् ।
माथि देखिएको यो तीन तले घर मेयर साहको हो । पुर्ख्याैली घर महोत्तरी भएपनि काठमाडौंमै जन्मिएर हुर्किएका उनी गैरिगाउँ, तिनकुनेका स्थायी बासिन्दा हुन् । र उनी गैरिगाउँमा रहेको यही आफ्नै घरमा बस्दै आएका छन् ।
त्यस्तै तल दृश्यमा देखिएको यो घर चाहिँ महानगरकी उपमेयर सुनिता डंगोलको हो । काठमाडौंको लगन टोलमा रहेको डंगोलको चार तले यो घर पनि सुविधा सम्पन्न नै देखिन्छ ।
हानगरले जारी गरेको ऐन अनुसार घरको बन्दोबस्त नभएको वा मेयर तथा उपमेयरको निवासका लागि आफ्नो उपयुक्त घर नभई घर भाडामा लिनुपरेमा घरभाडाबापत कार्यपालिकाले तोकेबमोजिमको रकम उपलब्ध गराउने भनेको छ ।
तर काठमाडौँमै आफ्नै घरको बन्दोबस्त भएका, हेर्दा पनि सुविधा सम्पन्न नै देखिने आफ्नै घर मेयर साह र उपमेयर डंगोललाई के कति कारण अनुउपयुक्त लागेको हो ?
उनीहरुले कानून नै बनाएर सरकारी निवासको सुविधा लिनु कति स्वभाविक हो ? देशभरका ७५३ स्थानिय तहले यस्तै निर्णय गर्न थाल्यो भने के हुन्छ ? भन्ने प्रश्न उब्जिएको छ ।
विद्यासुन्दरले लिएका थिएनन् सरकारी सुविधा
आफ्नो पाँचवर्षे कार्यकालमा हेर्न, सुन्न र देख्न लायक कुनै काम गर्न नसकेको भनेर महानगरका यसअघि मेयर विद्याशुन्दर शाक्य निकै आलोलित भए । तर उनैले पनि सरकारी निवासको सुविधा लिएका थिएनन् । शाक्यले काठमाडौँमै आफ्नै घर भएका कारणसरकारी निवासको सुविधा लिएका थिएनन् । तर शाक्य अघिका मेयरहरुले भने लैनचौरस्थित बेलायती दूतावास अगाडि रहेको यसअघिको उपराष्ट्रपति निवासलाई सरकारी निवासको रुपमा प्रयोग गर्ने गरेका थिए ।
महानगरपालिकाका जनप्रतिनिधिको सुविधासम्बन्धी ऐन २०७९’ मा मेयर र उपमेयरको सरकारी निवासको घरको मर्मत–सम्भार खर्च समेत महानगरपालिकाबाट हुने उल्लेख छ ।
यस्तै निजी घरमा बस्ने मेयर उपमेयरलाई घर मर्मत र सरसफाईका लागि भन्दै कार्यपालिकाले तोके बमाजिम खर्च उपलब्ध गराउने व्यवस्था पनि उल्ले छ । जुन सुविधा मेयर र उपमेयरको पदावधि समाप्त भएको मितिले सात दिनसम्म दिने ऐनमा उल्लेख छ ।
तर, देशको अर्थतन्त्र धरासयी भएको बेला जनतालाई ऋणको भार बोकाउने काम कम्तिमा युवा र नयाँ भनिएका जनप्रतिनिधिले गर्न नसुहाउने अवाज जनस्तरबाट उठेको छ ।
गत वैशाखमा भएको स्थानीय चुनावमा पुराना दलको विरासत भत्काउँदै बालेन साह मेयरमा निर्वाचित भएका थिए । त्यस्तै पारिवारी पृष्ठभूमी एमाले नै भएपनि यूवा जनप्रतिनिधिका रुपमा सुनिता डंगोल उपस्थितीले पनि महानगरबासीमा ठूलो आशा जागेको थियो । महानगरवासीले दुःखकष्ट भोगिरहेका क्षेत्रमा यी दुबै यूवा जनप्रतिनिधिले सुधार गर्लान् भन्ने अपेक्षा थियो । तर कार्यभार सम्हालेको १० महिना वितिसक्दा डोजर र फुटपाथको घम्साघम्सीबाहेकका सुधार नदेखिएपछि महानगरबासी निराश बन्न थालेका छन् ।
प्रकाशित मिति २०७९ फाल्गुण ५ गते शुक्रबार ०९:५९