ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण ६ गते शनिवार ०४:४९

६ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा शनिबार नेपालले नामिबियालाई ‍‍३ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा...

६ फागुन, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु अन्तर्गतको खेलमा शनिबार नेपालले नामिबियालाई ‍‍३ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले १५ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर‍्‍यो ।

योसँगै कीर्तिपुर मैदानमा भएको लिग टु अन्तर्गतको आफ्नो तीनवटै खेल नेपालले जितेको छ ।

शनिबारको खेलमा नेपाललाई जिताउन ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए । शनिबारको खेलमा नेपालका आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि गरेको १३९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।

आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालका कुशल मल्लले पनि अर्धशतक पूरा गरेका छन् ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ४ छक्का ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नामिबियाविरुद्धको खेलमा यसअघि ज्ञानेन्द्र मल्लले ६५ र आशिफ शेखले ८१ रनको योगदान गरेका छन् । पहिले ब्याटिङ गरेको नामिबियाले २७५ रनको लक्ष्य दिएको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुण ६ गते शनिवार ०४:४९
प्रतिक्रियाहरु