राष्ट्रपति कांग्रेसलाइ दिए प्रचण्ड नै ५ साल प्रधानमन्त्री – देउवा

राष्ट्रपति कांग्रेसलाइ दिए प्रचण्ड नै ५ साल प्रधानमन्त्री – देउवा

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण ८ गते सोमबार १०:१४

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष औपचारिक प्रस्ताव राखेको छ। आइतबार राति बालुवाटारमा अन्य शीर्ष...

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा सघाउन प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष औपचारिक प्रस्ताव राखेको छ।

आइतबार राति बालुवाटारमा अन्य शीर्ष नेतालाई लिएर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीसमक्ष उक्त प्रस्ताव राखेका हुन्।

कांग्रेसले पाँच वर्ष पूरै प्रधानमन्त्रीमा सघाउने आश्वासनसहित प्रचण्डलाई उक्त प्रस्ताव गरेको स्रोतले जनाएको छ। पुस १० सम्म प्रचण्डलाई प्रधानमन्त्री दिन तयार नरहेको कांग्रेस तत्कालीन पाँच दलीय गठबन्धनलाई पुरानै अवस्थामा फर्काएर नेकपा एमालेलाई सत्ताबाट बहिर्गमित गर्ने रणनीतिसहित बालुवाटार गएको हो।

देउवाले राष्ट्रपतिम सघाउन आग्रह गरेपछि प्रधानमन्त्री प्रचण्डले यसबारेमा सोमबार बस्ने पार्टी बैठकबाट ठोस निर्णय गरेर जवाफ दिने बचन दिएका छन्। उनलेे कांग्रेसको प्रस्तावमा आफू सकारात्मक रहेको पनि बताएको बालुवाटार पुगेका एकजना कांग्रेस नेताले जानकारी दिएका छन्।

पुस १० मा सात दलीय गठबन्धन बन्दा राष्ट्रपति एमालेलाई दिने समझदारी भएको थियोे । तर पुस २६ मा कांग्रेसको पनि मत पाएपछि प्रचण्डले राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्। त्यहीअनुसार कांग्रेसले संसद्को पहिलो दलका रूपमा राष्ट्रपति आफूले पाउनु पर्ने बताउँदै आएको छ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार विराटनगरमा राष्ट्रपति एमालेबाटै हुने बताउँदै कांग्रेसले बल गर्नुको अर्थ नहुने टिप्पणी गरेका थिए।

पूर्वप्रधानमन्त्रीसमेत हेका देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौलासहितलाई लिएर प्रचण्ड फकाउन बालुवाटार छिरेका थिए।

यसैबीच माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ।माओवादी बैठकअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ।

 

प्रकाशित मिति २०७९ फाल्गुण ८ गते सोमबार १०:१४
प्रतिक्रियाहरु