काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृखंलमा ऐतिहासिक क्लिनस्पि गरेको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार सम्पन्न त्रिकोणात्मक घरेलु श्रृंखलामा पाहुना टोली स्कटल्याण्डलाई २ विकेटले पराजित गर्दै नेपालले विश्वकप लिग टु मा ऐहिकासिक क्लिनस्पि गरेको हो।
पाहुना टोली स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो ।
जवाफी ब्याटिङ्गको शुरुवाती समयमा लगातार विकेट गुमाउँदा नेपाली टोली केहि संकटमा देखिएको थिाये । तर कप्तान रोहित पौडेलले सम्हालिएको ब्याटिङ्गका साथ अर्धशतकीय इनिङ्ग खेल्दै नेपालको जित सुनिश्ति गराए ।
रोहितले १०१ बलममा ७ चौका र ४ छक्कासहित ९७ रनको अर्धशतकीय इनिङ्ग खेल्दा करण केसीले ३७ बलमा २ चौका र १ छक्कासहित ३१ रन जोडेर अविजित रहे । यस्तै ज्ञानेनद्र मल्लले २१, कुशल मल्लले १७ तथा आशिफ शेखले १२ रन जोडेर आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको स्कटल्याण्डले ४६.१ ओभरमा अलआउट हुँदै २१२ रनको योगफल तयार थियो ।
स्कटल्याण्डका लागि जर्ज मुन्सेले ५० बलमा ९ चौका र २ छक्काको सहयोगमा ६० रनको अर्धशतकीय इनिङ्ग खेले भने म्याथ्यू क्रस ६३ बलमा ४ चौका र १ छक्कासहित ४३ रनमा ४३ रन जोडे ।
ब्रान्डन म्याकमुलेनले ३१, काइल कोट्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२-२२ रन जोडे । बलिङ्गतर्फ नेपालका लागि सन्दीप लामिछाने एक्लैले ४ किवेट लिदा करण केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले समान १-१ किवेट लिए ।
पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजित गर्दा स्टकटल्याण्डले पनि पहिलो खेलमा नामिबियालाई नै १० विकेटले पराजित गरेको थियो ।
दोश्रो खेलमा स्कटल्याण्डलाई ३ विकेटले पारजित गरेको नेपालले तेश्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको थियो । यता आफ्नो दोश्रो खेलमा नेपालसँग पराजित स्कटल्याण्डले सोमबार भएको तेश्रो खेलमा नामिबियालाई ४३ रनले पराजित गरेको थियो ।
हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले स्कटल्याण्डलाई ३ खेलमा हराएको छ । गत वर्ष अर्थात् १३ जुलाई २०२२ मा भएको लिग टु अन्तर्गतकै खेलमा नेपालले पहिलो पटक टल्याण्डलाई ५ विकेटले हराएको थियो । नेपालले स्कटल्याण्डबिरुद्ध तीन खेलमा हार व्यहोरेको छ।
सात राष्ट्र सम्मिलित लिग अन्तर्गत ३६ खेलमध्ये २१ मा जित र ९ मा हारको नजिताका साथ ५० अंकसहित शीर्ष स्थानमा रहको स्कटल्याण्ड लिग टु को च्याम्पियन बनिसकेको छ । यता २८ खेलबाट २६ अंक जोडेको नेपाल छैठौं स्थानमा रहेको छ।
प्रकाशित मिति २०७९ फाल्गुण ९ गते मङ्गलबार ०४:५६