सन्दीप लामिछानेले भने : मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ

सन्दीप लामिछानेले भने : मैले कति योगदान दिएँ थाहा छैन, तर मेरो देशले जितेको छ

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण १० गते बुधबार १२:००

काठमाडौं । ६ महिनापछि मैदान फर्केका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आईसीसी डिभिजन लिग टू मा महत्वपूर्ण योगदान दिए । चार खेलको श्रृंखला नेपालले क्लिनस्वीप गर्दा उनले राम्रो बलिङ गरे । अन्तिम खेलमा उनले नेपाल...

काठमाडौं । ६ महिनापछि मैदान फर्केका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आईसीसी डिभिजन लिग टू मा महत्वपूर्ण योगदान दिए ।

चार खेलको श्रृंखला नेपालले क्लिनस्वीप गर्दा उनले राम्रो बलिङ गरे । अन्तिम खेलमा उनले नेपाल दबाबमा परेका बेला स्कटल्याण्डका तीन जना आक्रामक व्याटरलाई पेवेलियन फर्काए ।

सन्दीपलाई दर्शकले निकै समर्थन र हौसला दिएका थिए । तर उनी अहिलेसम्म बोलेका थिएनन, आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले मुख खोलेका छन ।

उनले दर्शकप्रति आभार प्रकट गरेका छन् । मैदानमा दर्शकलाई अभिवादन गरेको तस्वीर सहित सामाजिक सञ्जालमा आप्नो विचार व्यक्त गरेका छन ।
‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’ सन्दीपले लेखेका  छन् ।

 

प्रकाशित मिति २०७९ फाल्गुण १० गते बुधबार १२:००
प्रतिक्रियाहरु