सन्दीपलाई यूएई लैजान क्यानले प्रक्रिया थाल्यो, राखेपलाई पत्राचार, सर्वोच्च जाने तयारी

सन्दीपलाई यूएई लैजान क्यानले प्रक्रिया थाल्यो, राखेपलाई पत्राचार, सर्वोच्च जाने तयारी

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण १० गते बुधबार ०३:०१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानलाई क्रिकेट खेल्न विदेश लैजान पाउनुपर्ने माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको छ। क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई विदेश लैजानेबारे पहल...

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानलाई क्रिकेट खेल्न विदेश लैजान पाउनुपर्ने माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको छ। क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई विदेश लैजानेबारे पहल गरिदिन भन्दै पत्र पठाइएको बताए।

क्यानको पत्रपछि राखेपले अदालतसमक्ष आग्रह गरेर विदेश पठाउने बाटो खुला हुने विश्वास क्यानले लिएको छ। योसँगै सन्दीपको तर्फबाटसमेत खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी भएको छ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ। सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता सरोज घिमिरेले रिट दायर गर्न लागेका हुन्।

नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।

अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। उक्त सर्तअनुसार उनी खेल्नका लागि दुबई जान पाउने छैनन्। त्यहि सर्त खारेज गर्दै खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै रिट दायर गर्न लागिएको हो।

प्रकाशित मिति २०७९ फाल्गुण १० गते बुधबार ०३:०१
प्रतिक्रियाहरु