सर्वोच्चको फैसलासँगै प्रचण्डको प्रतिक्रियाः यो नेपाली जनताको जित हो, सबैलाई बधाई !

सर्वोच्चको फैसलासँगै प्रचण्डको प्रतिक्रियाः यो नेपाली जनताको जित हो, सबैलाई बधाई !

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण ११ गते मङ्गलबार ०६:३९

काठमाडौं – नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले...

काठमाडौं – नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए ।

संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने,सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

प्रकाशित मिति २०७७ फाल्गुण ११ गते मङ्गलबार ०६:३९
प्रतिक्रियाहरु