राष्ट्रपति निर्वाचन लाइ लिएर रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रपति निर्वाचन लाइ लिएर  रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण १५ गते सोमबार १०:०३

काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताए । उनका अनुसार बैठकमा...

काठमाडौं । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताए ।

उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल छ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।

ीबहmष् दबलप
फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन । केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने अर्यालको भनाइ छ ।

सर्वोच्च अदालतले पुनः नेपाली नागरिकता नलिएको ठहर गर्र्दै लामिछाने सांसद पद खारेज गरिदिए पछि चितवन–२ रिक्त हुन पुगेको छ । आजको बैठकमा १० बैशाखमा हुने चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवार चयनको बारेमा पनि छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुण १५ गते सोमबार १०:०३
प्रतिक्रियाहरु