१७ फागुन, काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
सर्वोच्च अदालतले विदेश जान...
१७ फागुन, काठमाडौं ।
आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे युएई गएका हुन् ।
क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का कार्याबाहक सचिव दुर्गाराज पाठकले अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप दुबई गएको बताए । टिम व्यवस्थापनले चाहेमा उनले बिहीबार युएईविरुद्धकै खेल खेल्न पाउने उनको भनाइ छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७