काठमाडौं। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ।
बिहीबार विहान बसेकाे मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो। द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो।
यस्तै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय पनि भएको छ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन ऐन २०७१ लाई संशोधन गर्न बनेको विधयेक आज प्रतिनिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान सिंहदरवास्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरी तिमिल्सिनाले अन्नपूर्णलाई जानकारी दिए।
यस्तै फलफूल,तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाइ यथाशीघ्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा मारिएकामध्येका ५ हजारको जिम्मा लिन सार्वजनिक अभिव्यक्ति दिएपछि उनी विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । सर्वोच्चमा प्रचण्डविरुद्धको रिटमा आजबाट सुनुवाइ हुँदैछ ।
प्रकाशित मिति २०७९ फाल्गुण २५ गते बिहिबार १०:१२