उपराष्ट्रपतिको उम्मेद्वारका विषयमा गठबन्धनमा विवाद सुरु

उपराष्ट्रपतिको उम्मेद्वारका विषयमा गठबन्धनमा विवाद सुरु

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण २६ गते शुक्रबार ०५:०६

काठमाडौ । उपराष्ट्रिपतिको उम्मेद्वारको विषयलाई लिएर गठबन्धनभित्र विवाद सुरु भएको छ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा...

काठमाडौ ।

उपराष्ट्रिपतिको उम्मेद्वारको विषयलाई लिएर गठबन्धनभित्र विवाद सुरु भएको छ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन् ।

उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।

उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन् । प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ । सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ । दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ । जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन । त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ ।

नागरिक उन्मुक्ति पार्टीले सो दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए । जसपाले नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।

 

प्रकाशित मिति २०७९ फाल्गुण २६ गते शुक्रबार ०५:०६
प्रतिक्रियाहरु