उपराष्ट्रपति निर्वाचन : सत्ता गठबन्धनभित्र रडाको

उपराष्ट्रपति निर्वाचन : सत्ता गठबन्धनभित्र रडाको

छाँयापाटी

@छाँयापाटी

२०७९ फाल्गुण २९ गते सोमबार ११:०७

काठमाडौं । उपराष्ट्रपतिमा चारजनाबीच प्रतिष्पर्धा हुने भएको छ । जनता समाजवादी पार्टीकै दुई नेताबीच उपराष्ट्रपतिमा प्रतिष्पर्धा हुने भएपछि जसपामा मात्रै नभई गठबन्धन दलहरुबीच नै कानेखुशि चल्न थालेको छ । निर्वाचन आयोगले जसपाबाट...

काठमाडौं । उपराष्ट्रपतिमा चारजनाबीच प्रतिष्पर्धा हुने भएको छ । जनता समाजवादी पार्टीकै दुई नेताबीच उपराष्ट्रपतिमा प्रतिष्पर्धा हुने भएपछि जसपामा मात्रै नभई गठबन्धन दलहरुबीच नै कानेखुशि चल्न थालेको छ ।

निर्वाचन आयोगले जसपाबाट गठबन्धनको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका रामसहाय प्रसाद यादवको उम्मेदवारीमा आंशका पैदा भएपछि उम्मेदवार बनेकी प्रमिला कुमारी यादवले नाम फिर्ता नलिएपछि प्रतिस्पर्धा नै रोचक हुने भएको छ ।

जसपाले प्रमिलाको उम्मेदवारी कायम राख्नुमा अदामलतमा मुद्दा पर्न सक्ने कारनलाई पनि देखाएको छ । तर, मुद्दा परेपनि अन्तिम फैसला हुन्जेल निर्वाचन प्रक्रिया सकिसक्ने अवस्था प्रवल छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवको संसदीय यात्रा मोहका कारण महिला उम्मेदवार बन्ने वातावरण विथोलिन पुग्यो । माओवादी केन्द्र लगायतका दलहरु महिला उम्मेदवार पठाउन सहमत थिए ।

तर, जसपाका उपेन्द्र रामसहायलाई उपराष्ट्रपति बनाएर आफु उपनिर्वाचनमार्फत संसद जान चाहान्थे । यस्तै अवस्थामा निर्वाचन आयोगले पनि निर्देशन नै दियो महिला उम्मेदवार नै चाहिन्छ भनेर । जुन निर्देशन संविधानको व्यवस्था विपरित थियो ।

यसरी स्थिति उल्झन्पूर्ण बन्यो । यस्तो अवस्थामा जसपा भित्रैबाट दुई जना उम्मेदवार बने । रामसहायको उम्मेदवारीविरुद्ध उजुरी नै प¥यो । तर, त्यो उजुरी खारेज भयो ।

यसरी जसपाबाटै रामसहायको उम्मेदवारी कायम रह्यो । अनि जसपाकै राष्ट्रियसभा सदस्य रहेकी प्रमिलाले पनि उम्मेदवारी फिर्ता लिइनन् । यसरी उपराष्ट्रपति निर्वाचनमा अब चार उम्मेदवारबीच प्रतिस्पर्धा हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिमा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाबाट राहसमाय प्रसाद यादव, प्रमुला कुमारी यादव र जनमतबाट ममत झाबीच प्रतिष्पर्धा हुने भएको छ ।

निर्वाचन आयोगले नाम फिर्ताका लागि आइतबार ४ बजेसम्मका लागि समय दिएको थियो । तर, निर्धारित समयमा कसैले पनि नाम फिर्ता नलिएपछि सबैको उम्मेदवारी कायम भएको छ ।

चैत्र ३ गतेका लागि तय उपराष्ट्रपतिको निर्वाचनमा चार जनाबीच प्रतिष्पर्धा हुने देखिएपनि सत्ता गठबन्धनका तीन उम्मेदवारबीच एकजनाको कायम गर्ने गरि अन्य दलबीच शक्ति बाँडफाँटमा भाग मिलान हुन सक्ने सम्भावना भने कायमै छ । तर, जसपामा उम्मेदवारी फिर्ताको विषय पेचिलो बनेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले प्रमिलाले उम्मेदवारी फिर्ता नलिएपनि निष्क्रिय पारेको घोषणा नगर्दा कारबाहीको डण्डा चलाउन सक्ने सम्भावना बलियो रहेको बताइन्छ । यसरी उपराष्ट्रपतिका लागि दलहरुबीचको हानाथापले समस्या पैदा गर्ने देखिएको छ ।

गठबन्धन दलमा रहेका मधेस केन्द्रित दलहरु एकले अर्कोलाई स्वीकार गर्न नसक्दा यस्तो स्थिति आएको बताउन थालिएको छ । तर, उपराष्ट्रपतिको विषयले गठबन्धनमा रहेका साना दलहरु लड्ने विषय पेचिलो बने शक्ति बाँडफाँटमा सन्तुलन कायम गर्ने गरि दलहरुले सहमति गर्न सक्ने बताइएको छ ।

यद्यपी रामसहायलाई उपराष्ट्रपति बनाएर संसदीय राजनीतिमा उपचुनावमार्फत प्रवेश गर्ने उपेन्द्रको योजनामा धक्का त लाग्दैन ? यो प्रश्न पेचिलो नै छ । तर, उनले अन्य साना दलहरुलाई मनाउन सकेमा भने आफ्नो पार्टीबाट उम्मेदवार बनेकी प्रमिला कुमारीको उम्मेदवारी निष्क्रिय बनाउने वा नमानेमा संसदीय दलबाट अनुशासनको कारबाही गर्न सक्ने आंकलन गरिएको छ ।

 

प्रकाशित मिति २०७९ फाल्गुण २९ गते सोमबार ११:०७
प्रतिक्रियाहरु