प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने तर कांग्रेसको आनाकानी

प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिने तर कांग्रेसको आनाकानी

छाँयापाटी

@छाँयापाटी

२०७९ चैत २ गते बिहिबार ११:५९

काठमाडौं, चैत १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिनुहुने भएको छ । प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको निकट स्रोतले बताएको...

काठमाडौं, चैत १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको निकट स्रोतले बताएको छ ।

कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।

विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट गर्न छ वटा प्रदेशका प्रदेश प्रमुख बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँग कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले भेट गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको निकट स्रोतले बताएको छ ।

कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।

प्रकाशित मिति २०७९ चैत २ गते बिहिबार ११:५९
प्रतिक्रियाहरु