काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा स्वकीय सचिव गंगा दाहालले दिउसै रात पार्ने काम गरेकी छन् । उनले फेसबुकमा भ्रामक पोस्ट गरेको पाइएको हो । उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट जडान भएको भन्दै...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा स्वकीय सचिव गंगा दाहालले दिउसै रात पार्ने काम गरेकी छन् । उनले फेसबुकमा भ्रामक पोस्ट गरेको पाइएको हो । उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा फ्लडलाइट जडान भएको भन्दै एडिटेड फोटो राखेकी हुन् ।
टीयू ग्राउन्डमा चारवटा फ्लडलाइट जडिएको फोटो राख्दै गंगाले लेखेकी छिन्, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान कार्य सम्पन्न ।’
प्रधानमन्त्री प्रचण्डले केही दिनअघि त्रिवि मैदानमा पुगेर नेपाल र यूएईबीचको खेल हेरेपछि फ्लडलाइट राख्न निर्देशन दिएका थिए । तर, उक्त निर्देशन कार्यान्वयनमा कुनै काम अघि बढेको छैन ।
नेपाल क्रिकेट संघ क्यानका म्यानेजर विनोद दासले त्रिवि मैदानमा फ्लड लाइट जडान नभएको बताए । ‘फोटोको विषयमा थाहा भएन, तर आजको दिनसम्म त्यो काम भएको छैन,’ उनले भने ।
क्यानले फ्लडलाइट जडान गर्नका लागि नेपाल खेलकुद परिषदमा प्रस्ताव पठाएको तर, फाइल अघि नबढेको उनले जानकारी दिए । यसैबीच कमेन्टमा केही व्यक्तिले यो फोटो एडिटेड हुनसक्ने बताएपछि गंगाले आफ्नो पोस्ट डिलिट गरेकी छन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७