यो सरकार छ, सरकार रहन्छ केक नै खाने गरिको के जितेछन कोनि : प्रधानमन्त्री ओली

यो सरकार छ, सरकार रहन्छ केक नै खाने गरिको के जितेछन कोनि : प्रधानमन्त्री ओली

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण १२ गते बुधबार ०७:२०

काठमाडाैं -: प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि अहिले उनले नैतिकतामा राजीनामा दिनुपर्ने माग उठिरहेको छ'। प्रधानमन्त्री ओलीले भने तत्काल सत्ता नछाड्ने संकेत गरेका...

काठमाडाैं -: प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि अहिले उनले नैतिकतामा राजीनामा दिनुपर्ने माग उठिरहेको छ’।

प्रधानमन्त्री ओलीले भने तत्काल सत्ता नछाड्ने संकेत गरेका छन्’।बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले तत्काल बालुवाटार नछाड्ने स्पष्ट संकेत दिएका हुन्’।

हामी हाम्रो कर्तव्यमा जुट्छौं र देश बनाउँछौं’। यो संकल्प निरन्तर अगाडि बढ्छ। अहिले धेरै कुरा भनेर मान्छे फेरि तर्साउने कुरा गर्नु पनि ठिक छैन,ओलीले भने,अहिले यो सरकार छ’। सरकार रहन्छ। विकासको क्रम अघि बढिराख्या छ। तपाईंहरू विकासको मार्गमा निश्चिन्त, निस्फिक्री ढंगले अगाडि बढ्नुस्।उनले आफू भ्रमहरूबाट मुक्त मान्छे भएको दाबी गर्दै सर्वोच्च अदालतको फैसलापछि पनि दुखित नभएको आशय व्यक्त गरे’।

अप्ठेरो परिस्थिति होस्, सुख होस् दु:ख होस् सम्पत्ति होस् नहोस् तर पनि एक समान रहनुपर्छ,प्रधानमन्त्री ओलीले भने,‘उदाउँदाको खुसीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु पर्दाको दु:खमा पनि रातै भएर मुस्कुराएर अस्ताउँछ।सअघि ओली समूहका प्रवक्ता एंव परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने संकेत गरेका थिए’।

बालुवाटारमा बसेको उक्त समूहको स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै ज्ञवालीले देशको भावी दृश्य कस्तो हुन्छ भन्ने प्रष्ट नभएसम्म जिम्मेवारीबाट बाहिरिन नमिल्ने बताएका थिए’।

प्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्’। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ’। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं’।

प्रकाशित मिति २०७७ फाल्गुण १२ गते बुधबार ०७:२०
प्रतिक्रियाहरु