खेलाडीहरूले दबाबभन्दा पनि खेलमा इन्जोए गरेर खेल्न पर्छ जित पक्का हुन्छ- प्रशिक्षक देसाई

खेलाडीहरूले  दबाबभन्दा पनि खेलमा इन्जोए गरेर खेल्न पर्छ जित पक्का हुन्छ- प्रशिक्षक देसाई

छाँयापाटी

@छाँयापाटी

२०८० बैशाख १९ गते मङ्गलबार ०३:०१

नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुराले म उत्साहित छु: प्रशिक्षक देसाई

नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुराले म उत्साहित छु: प्रशिक्षक देसाई

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि त्यसका लागि आफू उत्साहित भएको बताएका छन्।

‘एसिया कपको एक समूहमा भारत, नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्ने कुरा नयाँ सुनिन्छ। तर यसका लागि हामी उत्साहित छौं,’ उनले एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले पराजित गरेपछि भने।

प्रशिक्षक देसाईले नेपाली टिमले एसिया कपसम्मको यात्रा गर्न धेरै मेहनत गरेको पनि बताए।

पछिल्लो दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ। आइसिसी विश्वकप लिग-२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो।

आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालसहित वेस्ट इन्डिज र श्रीलंकासहित १० टिमले खेल्दैछन्।

विश्वकप छनोटपछि नेपालले एसिया कप खेल्नेछ।

लगातार १० खेलमा जित निकाल्दा नेपाली टिममा अभूतपूर्ण एकता देखिएको छ भने टिमले उत्कृष्ट प्रदर्शन गरेको छ।

प्रशिक्षक देसाई नेपालले पछिल्लो दुई महिनामा खेलेका हरेक खेलमा नयाँ अनुभव पाएको र त्यो अनुभवबाट अघि बढेको बताए।

 

प्रकाशित मिति २०८० बैशाख १९ गते मङ्गलबार ०३:०१
प्रतिक्रियाहरु