रास्वपाले निस्कासन गरेका ढाकाकुमार श्रेष्ठको सांसद पद यथावत, अब के गर्छन त रवि लामिछानेले

रास्वपाले निस्कासन गरेका ढाकाकुमार श्रेष्ठको सांसद पद यथावत, अब के गर्छन त रवि लामिछानेले

छाँयापाटी

@छाँयापाटी

२०८० बैशाख २५ गते सोमबार ०४:२०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फको सांसदबाट ढाकाकुमार श्रेष्ठलाई हटाएपछि दायर भएको मुद्धामा सर्वाेच्च अदालतले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोमबार सर्वाेच्च न्यायाधीश तिलप्रसाद...

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फको सांसदबाट ढाकाकुमार श्रेष्ठलाई हटाएपछि दायर भएको मुद्धामा सर्वाेच्च अदालतले कारण देखाउ र अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार सर्वाेच्च न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

श्रेष्ठको एकल इजलासले दुबै पक्षलाई बोलाएको छ भने बहस सकिएर आदेश नहुन्जेल श्रेष्ठलाई गरिएको कारबाही कार्यान्वयन नगर्न पनि आदेश दिइएको छ । सर्वाेच्चको आदेशसँगै श्रेष्ठको सांसद पद केही दिनलाई थामिएको छ ।

संसद बैठकमा जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा लिखित आदेशमा आउनेछ । रास्वपाले सांसद र पार्टीको साधारण सदस्यबाट हटाएपछि श्रेष्ठले सर्वाेच्चमा रिट दायर गरेका थिए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग श्रेष्ठले मन्त्री बन्नका लागि भनेर दुई करोड रुपैयाँ डिल गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले अनुशासन समिति नै गठन गरेको थियो ।

समितिले श्रेष्ठ दोषी ठहर गरेसँगै रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो। साथै, सभामुख देवराज घिमिरेले संसदमा श्रेष्ठ सांसद पदबाट मुक्त भएको पढेर सुनाइसकेका छन्।

 

प्रकाशित मिति २०८० बैशाख २५ गते सोमबार ०४:२०
प्रतिक्रियाहरु