काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकारले भ्रष्ट्राचार प्रकरणमा पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी गरेकी छन् ।
न्यूज २४ सँगको कुराकानीमा उनले उही प्रकारको प्रकरणमा अन्य भ्रष्ट्राचारको प्रकरणमा अन्य व्यक्तति...
काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकारले भ्रष्ट्राचार प्रकरणमा पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी गरेकी छन् ।
न्यूज २४ सँगको कुराकानीमा उनले उही प्रकारको प्रकरणमा अन्य भ्रष्ट्राचारको प्रकरणमा अन्य व्यक्तति प्रति सरकार नरम भएको तर एमाले एमाले सम्बद्ध व्यक्तिलाई भने नाम जोडिने वित्तिकै पक्राउ पूर्जी जारी गरिएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
‘त्यही लभलका व्यक्तिका विषयमा कुरा उठ्दा ती मान्छेहरुलाई पक्राउ पूर्जी नकाट्ने । ती मान्छेलाई अनुशन्धानको दायरामा ल्याउन नपर्ने । अमुख पार्टीका व्यक्तिलाई मात्रै पूर्जी काट्नु पर्ने अनुशन्धान गर्नुपर्ने ?,’ उनले भनिन्, ‘यो राज्यको पक्षपातपूर्ण व्यवहार भयो । हाम्रो टिप्पणी यही हो।’
उनले एमाले कुनै पक्षधरताविनै अनुसन्धनमा सघाउन पार्टी भएको पनि उनले दाबी गरेकी छन् । प्रहरीले नसके आफूहरुले नै समाउनुपर्नेहरुलाई समात्ने पनि बताइन् ।
‘कुनै पक्षधरता होइन, को कस्लाई समाउनु पर्ने हो हामी नै समाति दिन्छौँ को–कस्लाई समाउनु पर्ने हो, पुलिसले सकेन भने हामी समातेर ल्याइदिन्छौँ,’ उनले भनिन्, ‘नत्र पुलिस त लागेकै छ ।
ल्याउला को कस्लाई ल्याउनु पर्ने हो । कसैको नाम जोडिने वित्तिकै झ्याप झ्याप्ती समाति हाल्नुपर्ने । कसैको नाम आउने वित्तिकै कागज मिलाई दिनु पर्यो भन्ने भोलि यो कुरा लुक्छन् र ?’
एमाले सचिव टोपबहादुर नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि तानिएका छन् । उनलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेको छ । रायमाझी बैशाख २० गतेदेखि नै सम्पर्कविहीन छन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७