इटहरी, २० साउन। मोरङ को सुनवर्षी नगरपालिका ले नगर भित्र का ९नै वडा मा आज बाट डेङ्गु रोगको रोगथाम र नियन्त्रण का लागि लामखुट्टे नष्ट गर्न किटनाशक पदार्थ स्प्रे अभियान सञ्चालन सुरु गरेको छ।
तीव्र गतिमा फैलिरहेको डेङ्गु रोग को रोकथाम र नियंत्रण का लागि शनिवार देखि १०जना प्राविधिक टोली सहित स्प्रे सुरु गरिएको अभियान १०दिन सम्म संचालनमा रहने स्वास्थ्य शाखा प्रमुख किशोर कुमार मण्डल ले जानकारी गराए। सुनवर्षी नगरपालिका का मेयर श्याम प्रसाद राजवंशी ले तीव्र गतिमा फैलिरहेको डेङ्गु महामारी रोग फैलिन नदिन र नियन्त्रण गर्न का लागि औषधी स्प्रे अभियान सञ्चालन गरेको बताए।
यस महामारी रोग रोकथाम लागि सुनवर्षीनगर को एक्लो प्रयास ले मात्र सम्भव नहुने भएकाले रोग लाग्न नै नदिन प्रयत्न गर्न र यस रोग प्रति सचेत रहन नगरपालिकाले सञ्चालन गरेको अभियान मा सहयोग गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन् ।
उनले घर वरपर रहेका झाडीहरु नष्ट गर्न , घाँस दाउरा गर्दा पूर्ण शरीर ढाक्ने कपडा लगाएर मात्र काम गर्न, पानी जमेको स्थलमा अनाआवश्यक नजान र सरसफाइमा विशेष ध्यान पुर्याउन सम्पूर्ण नगरबासीलाई अनुरोध समेत गरेका छन्।
सामान्य प्रकारका लक्षणहरु रुघा लाग्नु, सामान्य ज्वरो आउनु, टाउको दुख्नु (आँखाको पछाडीको भागमा), वान्ता आउनु, वाकवाकी लाग्नु, पेट दुख्नु, पखाला लाग्नु, मांशपेसी, हाड र जोर्नी दुख्नु डेङ्गुका लक्षणहरु हुन् ।
यस्तै छालामा रातो फोका देखिनु । यस्ता लक्षणहरु ४ देखि ७ दिनमा देखा पर्न थाल्छ । यस्ता लक्षण देखा परेमा तुरुन्त अस्पताल गएर स्वास्थ्य परीक्षण गराउनु पर्दछ।
गम्भीर लक्षणहरु डेङ्गु सक्रमण भएको थाहा पाउनको लागि माथिको लक्षणहरुसँगै बिरामीलाई उच्च ज्वरो (१०४डिग्री फरेन्हाइटसम्म) आउनु, नाक र मुखबाट रक्तश्राव हुनु, रगतमा प्लेटलेट्सको मात्रामा कमी आउनु रक्तचाप अत्यधिक घटनु डेङ्गुका गम्भीर लक्षणहरु
प्रकाशित मिति २०८० साउन २० गते शनिवार १०:५६