भदौ १ उदयपुर- जिल्लाको चौदण्डीनगरपालीका वडा नं १० मा ट्याक्टर दुर्घटना भएको । बिहान अन्दाजी ५ बजे स्व: मदन भण्डारी स्मृति लोकराज मार्ग गाईघाट देखि बेल्टार तर्फ आउँदै गरेको ना ६ त ६६१८ नम्बर काे ट्याक्टर खैरा झोडा मा अनियन्त्रित भई दुर्घटना भएको थियो
उक्त दुर्घटना मा उदार गर्न काे लागि ईलाका प्रहरी कार्यालय बेल्टार का प्रहरी निरिक्षक डम्बर विश्वकर्मा काे कमाण्ड मा प्रहरी घटना स्थल पुगेको थियो उक्त ट्याक्टर दुर्घटना मा गम्भीर घाइते भएका धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ११ बस्ने १७ वर्षिय सुरज मगर काे मुख टाउको मा गम्भीर चोट लागेको छ
त्यस्तै सामान्य घाइते हुने मा धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ११ बस्ने वर्ष १७ का धिरन परियार लाई खुट्टा मा चोट लागेको त्यसैगरी धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ११ बस्ने वर्ष ४० काे बाल कुमार आले मगर लाई दाइने पता मा चोट लागेको र धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ११ बस्ने वर्ष १९ काे मिलन परियार काे बाहिरी चोट नदेखिएको र तत्काल घाइते हरुलाई उपचार काे लागि न्यूरो अस्पताल विराटनगर पठाएको थियो
र गम्भीर घाइते भनिएका धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ११ बस्ने वर्ष १७ का सुरज मगरको उपचार काे क्रम मा न्यूरो अस्पताल मृत्यु भएको र धनुषा जिल्ला मिथिला नगरपालिका वडा ११ बस्ने वर्ष २० काे ट्याक्टर चालक प्रेम परियार लाई ईलाका प्रहरी कार्यालय बेल्टार मा निन्त्रण मा राखेको ईलाका प्रहरी कार्यालय बेल्टार ले जानकारी दिएको छ
प्रकाशित मिति २०८० भदौ १ गते शुक्रबार १०:११