जाते भेट्रान कपको उपाधि राईजिङ भेट्रान क्लब इटहरिलाई

जाते भेट्रान कपको उपाधि राईजिङ भेट्रान क्लब इटहरिलाई

छाँयापाटी

@छाँयापाटी

२०८० भदौ २६ गते मङ्गलबार १०:३०

मोरङ ।प्रथम जाते भेटरान नकाउट फुटबल प्रतियोगिताको उपाधि राईजिङ भेटरान क्लब ईटहरिले चुमेको छ । केराबारि भेटरान फुटबल क्लबलाई ६-० गोल अन्तरले पछि पार्दै राईजिङ भेटरान क्लब ईटहरिले उपाधि चुमेको हो । उपाधिसङै राईजिङले नगद ५१ हजार...

मोरङ ।प्रथम जाते भेटरान नकाउट फुटबल प्रतियोगिताको उपाधि राईजिङ भेटरान क्लब ईटहरिले चुमेको छ । केराबारि भेटरान फुटबल क्लबलाई ६-० गोल अन्तरले पछि पार्दै राईजिङ भेटरान क्लब ईटहरिले उपाधि चुमेको हो ।

No description available.

उपाधिसङै राईजिङले नगद ५१ हजार रुपैया ट्रफि पाएको भने केराबारिले नगद ३१ हजार ट्रफिमा चित्त बुझायो । खेलमा राईजिङका प्रथम जाते भेटरान खुल्ला नकाउट रुद्र खड्का र बाघबिर तामाङ्ले २/२ गोल गरे भने चुडामणि बस्नेत र लिलाराम मगरले १/ १ गोल गरे ।

No description available.

खेलको म्यान अफ द म्याच राईजिङका लिलाराम मगर बेस्ट गोलरक्षक राइजिङकै तुलसी श्रेष्ठ, बेस्ट डिफेन्स केराबारिका राजेन्द्र धिमाल घोसित भए । खेलको हाईस्कोरको पुरस्कारबाट राइजिङका बाघबिर तामाङ र बेष्ट मिल्ड फिलडरबाट केराबारिका प्रेम घिमिरे सागर पुरस्कृत भए।

No description available.

खेलको बिजेता र उपबिजेतालाई कार्यक्रमका प्रमुख अथिति लेटाङ नगरपालिकाका पुर्ब मेयर शङ्खर राई, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जिब बुढाथोकी, वडा अध्यक्ष नन्दकिशोर खतिवडा, समाजसेबि शिव शक्ति बाबा लगायतले पुरस्कार बितरण गर्नु भयो । भदौ १८ गते बाट सुरु भएको खेलमा ८ टिमको सहभागीता रहेको थियो ।

No description available.

 

प्रकाशित मिति २०८० भदौ २६ गते मङ्गलबार १०:३०
प्रतिक्रियाहरु