काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्समा सहभागिता जनाउन चीनतर्फ जाँदैछन् । साढे १२ बजे उनको फ्लाइट रहेको छ । त्यसका लागि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्समा सहभागिता जनाउन चीनतर्फ जाँदैछन् । साढे १२ बजे उनको फ्लाइट रहेको छ । त्यसका लागि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिएका थिए । उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए ।
सन्दिप एकमात्र यस्ता नेपाली खेलाडी हुन् जो क्रिकेट जगतको विश्वमञ्चमा विशेष अनुभव र दखल राख्छन् । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो । पारस खड्काको यो पहलकदमिपछि पारसले पहिलो बलमै छक्का हानेको चर्चा हुन थालेको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७