काठमाडौं : नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टी-२० सिरिजको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने त्रिकोणात्मक सिरिज कात्तिक १ गतेदेखि सुरु हुने भएको छ।
क्यानका अनुसार उद्घाटन खेल नेपाल र युएईबीच...
काठमाडौं : नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टी-२० सिरिजको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने त्रिकोणात्मक सिरिज कात्तिक १ गतेदेखि सुरु हुने भएको छ।
क्यानका अनुसार उद्घाटन खेल नेपाल र युएईबीच कात्तिक १ गते मूलपानी रंगशालामा हुनेछ। दोस्रो खेल कात्तिक २ गते नेपाल र हङकङबीच मूलपानीमै हुने क्यानले जनाएको छ।
त्यस्तै कात्तिक ४ गते नेपाल र हङकङ, कात्तिक ५ गते हङकङ र युएई, कात्तिक ६ गते नेपाल र युएई र कात्तिक ८ गते हङकङ र युएईबीच खेल हुनेछ।
दुई शीर्ष टोलीले कात्तिक १० गते फाइनल खेल्नेछ। समूहचरणको सबै खेल मूलपानीमा भए पनि फाइनल खेल भने टीयुस्थित क्रिकेट रंगशालामा हुने क्यानले जनाएको छ।
नेपालले टी-२० विश्व कप छनौटको पूर्वतयारीका लागि त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपालले अक्टुर ३० देखि छनौट खेल खेल्दैछ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७