क्रिकेट टोलीलाई हौसला बढाउन नोबेल मेडिकल कलेजद्वारा पुरस्कार घोषणा : फाइनल जिते २० लाख दिने

क्रिकेट टोलीलाई हौसला बढाउन नोबेल मेडिकल कलेजद्वारा पुरस्कार घोषणा : फाइनल जिते २० लाख दिने

छाँयापाटी

@छाँयापाटी

२०८० कार्तिक १५ गते बुधबार ०४:५२

काठमाडौं । नेपाली क्रिकेट टोलीलाई हौसला बढाउन विभिन्न संघसंस्थाहरुले पुरस्‍कार दिने घोषणा गर्न थालेका छन् । जसमा नोबेल मेडिकल कलेज पनि थपिएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नोबेल मेडिकल कलेजले नेपाली क्रिकेट टोलीलाई...

काठमाडौं । नेपाली क्रिकेट टोलीलाई हौसला बढाउन विभिन्न संघसंस्थाहरुले पुरस्‍कार दिने घोषणा गर्न थालेका छन् । जसमा नोबेल मेडिकल कलेज पनि थपिएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नोबेल मेडिकल कलेजले नेपाली क्रिकेट टोलीलाई विश्वकपमा छनोट भए २० लाख रुपैयाँ दिने घोषणा गरेको हो ।

कलेजका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसाद उपाध्यायद्वारा जारी विज्ञप्तिअनुसार नेपाली टोलीले सेमिफाइनलमा जित हात पारे एकमुष्ट १५ लाख र फाइनल खेलसमेत जितेमा थप पाँच लाख रकम गरी २० लाख उपलब्ध गराउने बताइएको छ ।

बुधबार मात्रै डिशहोमले पनि पुरस्कार राशी घोषणा गरेको थियो । उसले जारी प्रतियोगिताका खेलका लागि शतक हान्ने नेपाली खेलाडीलाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ।

प्रकाशित मिति २०८० कार्तिक १५ गते बुधबार ०४:५२
प्रतिक्रियाहरु