काठमाडौं । सिनियर टोलीबाट खेलेका देव खनाल र गुलशन झाको ब्याटिङ नचलेपछि नेपाल समस्यामा परेको हो । सुरुवाती दुई हारले नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । तर नेपाल प्रतियोगितामा सेमिफाइनल दौडबाट बाहिरिएको भने छैन । नेपाल २ अंकका...
काठमाडौं । सिनियर टोलीबाट खेलेका देव खनाल र गुलशन झाको ब्याटिङ नचलेपछि नेपाल समस्यामा परेको हो । सुरुवाती दुई हारले नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । तर नेपाल प्रतियोगितामा सेमिफाइनल दौडबाट बाहिरिएको भने छैन । नेपाल २ अंकका साथ सेमिफाइनल खेल्ने समिकरण बाँकी नै छ ।
पाकिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।
नेपाल सेमिफाइनल खेल्ने सम्भावना नेटरनरेट हो ।
पाकिस्तानलाई नेपालले पछि पार्न सक्दैन । त्यसैले नेपाल अव भारत र अफगानिस्तानलाई पछि पार्दै सेमिफाइनलमा पुग्ने समिकरण जीवितै छ । त्यसको लागि सबैभन्दा पहिला नेपालले मंगलबार भारतमाथि विशाल जित हात पार्नुपर्छ । विशाल जित हात पार्दा कम्तिमा भारतलाई नेटरनरेटमा पछि पार्नुपर्ने हुन्छ ।
नेपालको नेटरनरेट माइनस २.०२४, भारतको ०.४५४ र अफगानिस्तान ०.२०३ छ । अर्कोतर्फ मंगलबार हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराउनुपर्छ । पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्छ । जसले गर्दा नेपाल, भारत र अफगानिस्तानको अंक २–२ हुनेछ ।
समान अंक हुँदा नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारतमाथिको फराकिलो जित सेमिफाइनल खेल्न पर्याप्त हुनसक्छ । पाकिस्तानले भारतलाई ८ विकेटले हराएपछि नेपाललाई पनि फाइदा भएको हो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७