कोरिया भाषा परीक्षाबारे ललितपुर तनावग्रस्त, एकको मृत्यु

कोरिया भाषा परीक्षाबारे ललितपुर तनावग्रस्त, एकको मृत्यु

छाँयापाटी

@छाँयापाटी

२०८० पुस १३ गते शुक्रबार ०२:५६

ललितपुरमा इपीएस कोटा अन्तर्गत कोरियाका लागि भाषा परीक्षामा सहभागी गराउनुपर्ने मागसहित शुक्रवार भएको एक झडपमा एक जनाको मृत्यु भएको छ।

ललितपुरमा इपीएस कोटा अन्तर्गत कोरियाका लागि भाषा परीक्षामा सहभागी गराउनुपर्ने मागसहित शुक्रवार भएको एक झडपमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार ज्यान गुमाउने व्यक्ति दैलेख घर भएका २३ वर्षीय पुरुष हुन्।

आक्रोशित प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आगो लगाएर क्षति ग्रस्त बनाएका छन्।

प्रहरीले ५४ जनालाई पक्राउ गरेको र भीडलाई तितरबितर बनाएको अधिकारीहरूले जनाएका छन्।

प्रहरी के भन्छ?

कतिपय विवरणमा प्रदर्शन चर्किएपछि प्रहरीले गोली चलाएको उल्लेख गरिएको छ। तर ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले गोली नचलेको र अश्रुग्यासमात्रै प्रहार गरिएको बताए।

उनले भने,“अहिलेसम्म १ जनाको मृत्यु भएको र ३ जना घाइते भएको कुरा छ। हामीले भर्खरै भिडलाई तितरबितर बनाएका छौँ।”

उनले प्रहरीले गोली नलचालएको बताए र डुङ्गामुढा गर्ने व्यक्तिहरूविरुद्ध अश्रुग्यास प्रहार गरिएको बताए।

यसअघि मन्त्री ज्वालाको गाडी आगजनीका कारण पूर्ण रूपमा क्षति भएको बताइएको थियो।

‘शीप बिल्डिङ्ग’ अर्थात् पानी जहाज बनाउने कामका बारेमा भएका भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा काम गर्न जान भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै उक्त प्रदर्शन गरिएको बताइएको छ।

सो प्रदर्शनका कारण दिनभर ललितपुरको ग्वार्को, बालकुमारी र आसपासको क्षेत्र तनावग्रस्त रह्यो।

प्रकाशित मिति २०८० पुस १३ गते शुक्रबार ०२:५६
प्रतिक्रियाहरु