केपी ओली कप प्रचारका लागि सुनबर्सी राष्ट्रिय युवा संघ द्वारा एकदिने मैत्रीपूर्ण खेल काे आयोजना गरेको छ

केपी ओली कप प्रचारका लागि सुनबर्सी राष्ट्रिय युवा संघ द्वारा एकदिने मैत्रीपूर्ण खेल काे आयोजना गरेको छ

मुकेश कटुवाल

@छाँयापाटी

२०८० माघ २१ गते आईतबार ०२:४८

केपी ओली कप प्रचार का लागि राष्ट्रिय युवा संघ सुनवर्षी द्वारा एक दिने मैत्री पूर्ण खेल आयोजना।   मोरङ्ग २० माघ २०८०, शनिबार । मोरङ , राष्ट्रिय युवा संघ नेपाल मोरङले केपी ओली कप २०८० को प्रचार प्रसारका लागि जिल्लाव्यापी रुपमा...

  1. केपी ओली कप प्रचार का लागि राष्ट्रिय युवा संघ सुनवर्षी द्वारा एक दिने मैत्री पूर्ण खेल आयोजना।

 

मोरङ्ग २० माघ २०८०, शनिबार ।

मोरङ , राष्ट्रिय युवा संघ नेपाल मोरङले केपी ओली कप २०८० को प्रचार प्रसारका लागि जिल्लाव्यापी रुपमा कार्यक्रम सञ्चालन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपाल मोरङले जिल्लाका १७ वटै पालिकामा कार्यक्रम गर्ने क्रममा स्थानीय पालिका कमिटीसँगको समन्वयमा मैत्रीपूर्ण क्रिकेट, फुटबल र फुटसल खेल खेलाउनुका साथै सरसफाई कार्यक्रम र लागुऔषध विरुद्धको सचेतना जस्ता सामाजिक गतिविधि सञ्चालन गरेको छ ।

जस अन्तरगत राष्ट्रिय युवा संघ सुनवर्षी ले एक दिवसीय मैत्री पूर्ण फूटबल खेल आयोजना गरेको छ। भने खेल नेकपा एमाले सुनवर्षी र राष्ट्रिय युवा संघ सुनवर्षी बीच भएको थियो। एमाले को टिम तर्फ जिल्ला कमिटी सदस्य समेत रहेका नगर का प्रमुख श्याम प्रसाद राजवंशी र वडा नं ३वडा वडा अध्यक्ष अतन कुमार बुढाथोकीको पनि खेलाडी को रुपमा सहभागिता रहेको थियो।खेलमा राष्ट्रिय युवा संघ सुनवर्षी ले एमाले सुनवर्षीलाई ४–३ ले हराउदै जित हासिल गर्न सफल भयो। खेलमा विजेता र उपविजेता दुवै टिम लाई ट्रफी, शिल,मेडल, प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय युवा संघ सुनवर्षी का अध्यक्ष नारायण पाठक ले जानकारी गराए। राष्ट्रिय युवा संघ सुनवर्षी ले आगामी दिनमा पनि खेलकुद क्षेत्र मा अगीबढ्दै सामजिक तथा जनमुखी क्रियाकलापलाई समेत जोडदै जाने अध्यक्ष पाठक ले बताए ।

यसअघि पनि राष्ट्रिय युवा संघ सुनवर्षी ले सामजिक क्रियाकलापमा आवद्ध हुँदै विभिन्न कार्य गर्दै आइरहेको छ।

केपी ओली कपको प्रचार प्रसारका साथै युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गर्दै लागुऔषध दुव्र्यसनीबाट टाढै राखेर स्वास्थ्य समाज निर्माण गर्ने उद्देश्यले जिल्लाव्यापी कार्यक्रम गरिएको संघका जिल्ला अध्यक्ष प्रविण घिमिरेले बताए । उनले पालिका स्तरमा आयोजना हुने सकारात्मक सामाजिक क्रियाकलापमा मा जिल्ला काे तर्फ बाट हुने साथ र सहयोगमा कुनै कमी हुन्नदिने विषयमा जोड दिए।

केपी ओली कप आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म काठमाडौंमा सञ्चालन हुँदैछ ।

प्रकाशित मिति २०८० माघ २१ गते आईतबार ०२:४८
प्रतिक्रियाहरु