फागुण २९ बेल्टार
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ७ बेल्टार का राम प्रकाश सिंह का छोरा उदय प्रताप सिंह काे २०८० वैशाख १६ गते मोटर साइकल दुर्घटना भएर गम्भीर घाइते भएका थिए उपचार गर्दा गर्दै आफू संग भएको चल अचल

सम्पत्ति सकिएको र अब एउटा टाउको लुकाउने घर मात्र बाँकी रहेको अवस्था छ मोरङ्ग काे विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो लगभग ३५ देखि ४० लाख खर्च गर्दा पनि बिरामी उदय प्रताप सिंह काे कुनै सुधार हुने अवस्था थिएन न्यूरो अस्पताल काे कमजोरी भनौं या डाक्टर काे कमजोरी उदय प्रताप सिंह काे पुरै शरीर मा बेड सोल ले गर्दा धेरै ठूलो ठूलो घाउ हुन थालेको थियो यही बीच मा उदय प्रताप सिंह बचाउ अभियान सञ्चालन हुन थाल्यो र

लगभग १२ लाख आर्थिक सहयोग जुट्यो पनि त्यही भएर आज भारत काे नयाँ दिल्ली स्थित सन्तोष मेडिकल कलेजमा उपचार भइरहेको छ यही सहयोग लाई विशेष तिब्रता काे रूप मा उदयपुर डान्स सेन्टर बेल्टार ले विभिन्न सांगीतिक कार्यक्रम तथा नृत्य प्रस्तुत गर्दै आर्थिक सहयोग संकलन गर्दै आएको छ जिल्ला काे विभिन्न पालिका मा गएर गायक सन्दिप मोते दीपक गजमेर ससी चन्द्र राई गरिमा तामाङ्ग प्रेम जंग किराती लगायत थुप्रै कलाकार भाई बहिनी हरुको राम्रो गीत अनि नृत्य प्रस्तुत गर्दै आर्थिक सहयोग संकलन गर्दै आएका छन् आज त्यही क्रम मा संकलन गरेको आर्थिक सहयोग रु ४४’७३५ रकम आज उदय प्रताप सिंह काे परिवार मा हस्तान्तरण गरेको उदयपुर डान्स सेन्टर का प्रोप्राइटर प्रेम जंग किराती ले जानकारी दिएका छन
प्रकाशित मिति २०८० फाल्गुण २९ गते मङ्गलबार ०७:५२