दुर्घटना गरी फरार भएका चालक ५ वर्ष पछि पक्राउ

दुर्घटना गरी फरार भएका चालक ५ वर्ष पछि पक्राउ

वेद विक्रम कटुवाल

@छाँयापाटी

२०८१ जेठ ३ गते बिहिबार १०:१०

२०८१ जेठ ०३ बिहीबार उदयपुर ईलाका प्रहरी कार्यालय बेल्टार द्वारा दुई जनाको ज्यान लिने फरार टिपर चालकलाई ५ बर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार ईलाका प्रहरी...

२०८१ जेठ ०३ बिहीबार उदयपुर

ईलाका प्रहरी कार्यालय बेल्टार द्वारा दुई जनाको ज्यान लिने फरार टिपर चालकलाई ५ बर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चितवनको भण्डारा राप्ती नगरपालिका वडा नम्बर ६ बस्ने २६ बर्षीय सरोज प्रजा चेपाङलाई सवारी दुर्घटना गरी फरार भएको ५ बर्षपछि पक्राउ गरेको हो ।

२०७६ साल आषाढ ४ गते बिहान अन्दाजी पौने १० बजे  उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ लाटीखोलामा चेपाङले चलाएको शनिवारेबाट बेल्टारतर्फ आउदै गरेको रसुवा कन्ट्रक्सन कम्पनीको वा २ क ७०९ नम्बरको टिपरले सोही दिशातर्फ जादै गरेको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ४७ को मोटरसाईकल चालक खगेन्द्र राई र पछाडी बस्ने बर्ष ४७ को जिवन कुमार साङपाङ राईसमेत सवार स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुवैको घटनास्थलमै मृत्यु भएको थियो भने टिपर चालक चेपाङ्ग भने फरार थिए । चेपाङ्गलाई  बुधबार ईलाका प्रहरी कार्यालय बेल्टार बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो भने बिहीबार उदयपुर जिल्ला प्रहरी कार्यालय गाईघाट ले पत्रकार सम्मेलन गरी चालक लाई सार्वजनिक गरेको थियो घटना काे  थप अनुसंधान गरिरहेको जिल्ला प्रहरीले कार्यालय ले जानकारी दिएको छ ।

प्रकाशित मिति २०८१ जेठ ३ गते बिहिबार १०:१०
प्रतिक्रियाहरु