काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा नदिएको बताएका छन्।
https://www.youtube.com/watch?v=9NbDPFiJ8sQ
उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन्। काठमाण्डू जिल्ला अदालतले एक किशोरीसँग...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी–२० विश्वकपमा सहभागी हुन जान संयुक्त राज्य अमेरिकाले भिसा नदिएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे खुलाएका हुन्। काठमाण्डू जिल्ला अदालतले एक किशोरीसँग जबरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गरेपछि उनलाई नेपाल क्रिकेट सङ्घ क्यानले निलम्बन गरेको थियो। तर गत गत साता उच्च अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो।
त्यसपछि उनलाई विश्वकप प्रतियोगितामा खेल्न पठाउन खोजिएको थियो। क्यानका सचिव पारस खड्काले मङ्गलवार राति लामिछानेको भिसा प्रक्रिया सुरु भएको जानकारी दिएका थिए। लामिछानेलाई यसअघि सन् २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर दूतावासले त्यसमा त्रुटि भएको भन्दै पछि उनलाई भिसा दिएको थियो।
अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको २० ओभरको विश्वकपमा नेपालले पनि सहभागी हुन लागेको छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७