उदयपुर बेल्टार
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा विगत ७ महिना देखि नगर क्षेत्र काे फोहर उठ्न सकेको छैन जता ततै फोहर काे थुप्रो देख्न सकिन्छ स्थानिय बासीले बारम्बार फोहोर उठाउन नगर पालिका लाई आग्रह गरेता पनि नगर पालिका ले भने फोहोर लाई व्यस्थापन गर्ने डमपिङ एरिया काे ठाउँ खोज्दै छौ भनेर टार्ने काम गरी रहेको स्थानीय काे गुनासो थियो विगत ७ महिना देखि एउटा फोहर फाल्लने डम्पिङ एरिया खोज्न लाई यति धेरै समय नलाग्ने र नगर पालिका ले यो स्थानिय बासी काे स्वास्थ्य माथि खेलबाड गरेको आरोप समेत लगाएका छन

७ महिना देखि थुप्रिएको फोहोर नाउठ्दा आज भने वडा नं ७ र वडा नम्बर ६ का स्थानीय बासी ले फोहोर मेन सडक मा राखेर विरोध प्रर्दशन गरेका छन जब सम्म नगर प्रमुख कालुमान लामा र वडा अध्यक्ष अमर खड्का अनिवार्य उपस्थित हुनु पर्ने स्थानिय बासी काे माग्छ

यसरी थुप्रिए काे फोहोर यो वर्षा मौसम मा फोहोर कुइएर दुर्गन्ध फैलाउने र यही दुर्गन्ध बाट स्थानिय बिरामी पर्ने सम्बाभना देखिँदैछ चाँडो भन्दा चाँडो फोहोर व्यवस्थापन गर्न तिर नगर पालिका लाग्नु पर्ने स्थानिय बासी ले बताएका छन
प्रकाशित मिति २०८१ जेठ १८ गते शुक्रबार ०१:१९