हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड फिर्ता लैजाऊ

हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड फिर्ता लैजाऊ

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण १६ गते आईतबार ०५:२६

काठमाडौं, फागुन १६ -:  नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भारतलाई कम्फटेवल हुने गरी सत्ता समिकरण बनाउने भन्दै खुलेयाम रुपमा नेपालको बिरुद्ध उभिएपछि बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन '। प्रचण्डले...

काठमाडौं, फागुन १६ -:  नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भारतलाई कम्फटेवल हुने गरी सत्ता समिकरण बनाउने भन्दै खुलेयाम रुपमा नेपालको बिरुद्ध उभिएपछि बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन ‘।

प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो समुह, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई सवैभन्दा बढी ‘कम्फरटेबल’ हुने अभिव्यक्तिलाई दिनुभएको थियो’ ।’ प्रचण्डको सो अभिब्यक्ति भारतीय दलालीको नांगो रुप रहेको भन्दै शनिवारबाटै विद्यार्थीहरूले विरोध प्रदर्शन अघि बढाएका थिए । बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका हुन’ ।

शनिबारै रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौं अगाडि प्रदर्शन गरेका विद्यार्थीले आज काठमाडौं, पोखरालगायतका क्याम्पस अगाडि पनि प्रदर्शन गरेका छन । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए । ‘काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पनि विद्यार्थीले प्रचण्डको अभिव्यक्तिको विरोधमा प्रदर्शन गरेका छन्’ ।

बिद्यार्थीहरुले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दह्रो समर्थन पनि गरेका छन’ । प्रधानमन्त्री नेपालको हित हेर्ने, प्रचण्ड भारतको हित हेर्ने भन्दै बिद्यार्थीहरुले अव नेपालमा भारतीय दलालहरुको पछि कोही लाग्न नहुने अपिलसमेत गरेका छन ‘।

प्रकाशित मिति २०७७ फाल्गुण १६ गते आईतबार ०५:२६
प्रतिक्रियाहरु