काठमाडौं, १६ फागुन-: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारद्वारा प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताउनुभएको छ । सबैलाई खुसीको कुरा छ भन्दै आइतबार झापामा आयोजित नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहका क्रममा प्रधानमन्त्री ओलीले चाँडै विप्लवसँग वार्ता गरेर अघि बढ्ने बताउनुभएको हो ।
उहाँले कार्यक्रममा भन्नुभयो, ‘तपाईंहरुलाई खुशीको खबर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा हल गर्दैछौँ । तपपाईंहरुले घरमै बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा जिताएर कसैले आफूलाई प्रधानमन्त्री नबनाएको बताउनुभएको छ ।
त्यसपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापना को प्रंसगबारे बोल्नुभयो । उहाँले भन्नुभयो, मुद्दा जिताइदिएर कसैले मलाई प्रधानमन्त्री बनाएको होइन। तपाईंहरूले प्रधानमन्त्री बनाउनुभएको हो। जबसम्म नेपाली जनता मेरो साथमा छ, मेरा टाउकामाथि तपाईंको हातको आशिर्वाद जब छ तबसम्म मुद्दा त के भो र ?
त्यसपछि उहाँले नेकपा प्रचण्ड–नेपाल समूहतिर लक्षित गर्दै भन्नुभयो, ‘ठिक छ त प्रतिनिधि सभा पुनर्स्थापना भयो राम्रो भयो। पुनर्स्थापनापछि तपाईंहरूले के देख्नुभयो, चितवनको सभा छोडेर प्लेन चढेर काठमाडौं। एअरपोर्टबाट तिनीहरूको घर दक्षिणपट्टी छ तर लागे उत्तरतिर। कहाँ जाने साप भनेर सेक्युरिटीले सोध्यो बुढानिलकण्ठ।
पद, पैसा र परिवारमा ध्यान रहेको भन्दै प्रचण्ड–नेपालको उहाँले आलोचना गर्नुभएको छ । नेपाली जनताका लागि पिलोभन्दा बढी टन्टनाउने, शान्ति र एकता देख्न नसक्ने। बल्लबल्ल एकता गरेको थियो फुटाएर हिँड्ने । पद, पैसा र परिवारमा ध्यान छ। जे पनि मलाई चाहियो। त्यहीँ पनि हाताहाती।
प्रकाशित मिति २०७७ फाल्गुण १६ गते आईतबार ०५:३४