योगेश भट्टराई सवार गाडीले रौतहटमा साइकलयात्रीलाई ठक्कर दियो, घाइतेलाई काठमाडौं ल्याइँदै

योगेश भट्टराई सवार गाडीले रौतहटमा साइकलयात्रीलाई ठक्कर दियो, घाइतेलाई काठमाडौं ल्याइँदै

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण १६ गते आईतबार १०:२३

नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले एक साइकल यात्रुलाई ठक्कर दिएको छ ' रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको 'गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएको बताइएको...

नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराई सवार गाडीले एक साइकल यात्रुलाई ठक्कर दिएको छ ‘

रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको ‘गाडीले ठक्कर दिँदा साकइल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएको बताइएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार भट्टराई चढेको गाडीले ठक्कर दिँदा साइकल यात्री इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ‘।

घिमिरेको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ । थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।प्रचण्ड-नेपाल समुहका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराई सवार गाडीले ठक्कर दिँदा एक साइकल यात्री घाइते भएको छन् ।

आइतबार जनकपुरबाट हेटौडातर्फ आउदै गर्दा रौतहटको चन्द्रनिगाहापुरमा नेता भट्टराई सवार ज १ झ ४२७ नम्बरको गाडिले ५५ वर्षीय इन्द्रप्रसाद घिमिरेलाई ठक्कर दिएको रौतहट प्रहरीले जानकारी दिएको छ’ ।

करिब ७ बजेतिर साईकलमा सवार रहेका घिमिरेलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । घिमिरेको स्थानीय अस्पतालमा उपचार असम्भव भएपछि काठमाडौं रेफर गरिएको बताइएको छ ‘।

प्रकाशित मिति २०७७ फाल्गुण १६ गते आईतबार १०:२३
प्रतिक्रियाहरु