ओली अहिले सम्म कै नेपालको असक्षम प्रधानमन्त्रीको भैसके र नि पदमा टासिएको देख्दा अचम्म लागेको छ : गगन थापा

ओली अहिले सम्म कै नेपालको असक्षम प्रधानमन्त्रीको भैसके र नि पदमा टासिएको देख्दा अचम्म लागेको छ : गगन थापा

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण १७ गते सोमबार ११:२०

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले देशकै असक्षम प्रधानमन्त्रीको रुपमा मुल्यांकन गरेको बताएका छन्। शनिबार सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो...

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले देशकै असक्षम प्रधानमन्त्रीको रुपमा मुल्यांकन गरेको बताएका छन्।

शनिबार सिन्धुलीको तीनपाटन गाउँपालिकामा भएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधान प्रति इमान्दारिता देखाउन नसकेको थापाले आरोप लगाए। उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनताको मतको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नेकपाको चुनावी घोषणा पत्र अनुसार एक छेउ पनि काम गर्न नसकेको बताए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले लोभ र लालचका कारण तीन वर्ष सम्म प्रधानमन्त्री ओलीले जति गल्ती गर्दा पनि चुपचाप लागेर बसेको आरोप लगाए। नेपाली कांग्रेस संसदमा सांसदको संख्यामा कमजोर भए पनि जिम्मेवारीको सवालमा अब्बल रहेको थापाको दाबी थियो।

उनले नेकपाले जति चाँडो झगडा टुंग्याउछ त्यति छिटो देशले निकास पाउने भएकाले छिटो पार्टी भित्रको विवाद समाधान गर्न आग्रहसमेत गरे।

नेपालकै ठूलो र दक्षिण एशियाकै नमूना भनिएको चीन-नेपाल मैत्री औद्योगिक पार्कको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार शिलान्यास गरेका छन् । झापाको दमकस्थित रतुवा र मावा नदीबीचको एक हजार ४२२.२५ हेक्टर क्षेत्रफलमा उक्त पार्क दुई वर्षभित्र निर्माण सम्पन्न हुने चिनियाँ कम्पनीले जनाएको छ ।

चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्क निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।

०७६ असोजमा लगानी बोर्डले गरेको सम्झौताअनुसार पार्कमा विभिन्न चरणमा गरेर ६५ अर्ब नेपाली रुपैयाँ बराबरको चिनियाँ लागानी भित्रिने छन् । झापाको दमक र गौरादह नगरपालिकामा तथा कमल गाउँपालिकामा फैलिने यो पार्कको निर्माण कार्य छिटोमा अबको तीन साता पछि अघि बढ्ने निर्माण कम्पनीले दाबी गरेको छ ।

औद्योगिक पार्कको विशेषता

लगानी, आकार र सञ्चालनपछि उत्पादनको हिसाबले यो पार्क नेपालकै सबै भन्दा ठूलो र दक्षिण एसियाकै नमूना हुने चीन-नेपाल मैत्री औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले बताए । एक लाख मानिसलाई रोजगारी दिने दाबी गरिएको पार्कमा सबै चरणमा गरेर विभिन्न प्रकारका ४९१ वटा औद्योगिक प्लान्टहरु रहने छन् ।

औद्योगिक पार्कमा मूख्यतय पाँच प्रकारका उद्योग रहने र ती उद्योगलाई सहयोग गर्ने लजिस्क सहयोग र सूचना प्रविधि तथा तालिमका लागि छुट्टै दुई वटा पार्कहरु पनि रहनेछन् ।

औद्योगिक पार्कभित्र होमप्लाईन्सेसका सामानहरु उत्पादन गर्ने हृवाईट गुड्स उद्योग, ढुवानीका सामाग्री उत्पादन गर्ने उद्योग, टेक्सटायल तथा गार्मेन्ट उत्पादनको उद्योग, खाद्यन्न प्रशोधन र विद्युतिय सूचना प्रविधिका सामाग्री उत्पादन गर्ने उद्योगहरु खुल्ने अध्यक्ष थापाले बताए ।

पार्कमा बिद्युतीय सवारी साधनदेखि मोबाईलसम्म निर्माण हुने उनले बताए । पार्कभित्र बालबालिका अध्ययन गर्न विद्यालय, स्वस्थ्यपोचार गर्न स्वास्थ्य संस्था हरित वातावरण मैत्री वातावरण पार्क भित्र रहने कम्पनीले जनाएको छ ।

वैदेशिक लगानी नेपाल भित्र्याउने, प्रविधि हस्तान्तरण गराउने, रोजगारी व्यवस्थापन गर्ने र हाइटेक कम्पनीमार्फत नेपालबाट विश्व बजारमा उत्पादनहरु पुर्‍याउने पार्कको विशेषता हुने अध्यक्ष थापाको भनाइ छ ।६५ अर्ब लगानी भित्र्याउने दावी

निर्माण कम्पनीले तयार पारेको पार्कको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) र वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अहिले मुल्यांकनको अन्तिम चरणमा छ । दुवै प्रतिवेदन केही दिनमै स्वीकृत भएपछि ढिलोमा तीन साता पछि पार्क निर्माणको काम अघि बढ्नेछ ।

पहिलो पटक चिनियाँ इन्जिनियरहरुको टोली फिल्ड आएर फर्किएको र अबको तीन साता पनि पुनः माटो परीक्षण लगायतको काम लागि उनीहरु आउने कम्पनीले जनाएको छ ।

यस्तै प्रारम्भिक चरणमा काम थाल्न पुग्नेगरी जग्गा प्राप्तिको काम सकिएको पार्कका अध्यक्ष गोविन्द थापाले बताए । परियोजनाका लगि हालसम्म २ अर्ब रुपैयाँ लगानी भित्रिसकेको र ६ चरणमा गरेर कुल ६५ अर्ब नेपाली रुपैयाँ पार्क निर्माणका लागि भित्रिने उनले बताए ।

निर्माण सम्पन्न भएको ३० वर्षसम्म चिनियाँ कम्पनीले सञ्चालन गरेपछि पार्क सरकारलाई हस्तान्तरण गर्ने गरी लगानी बोर्ड र चिनियाँ कम्पनीबीच समझदारी भईसकेको छ ।

‘विश्व बजारमा मेड इन नेपाल’

भारत, भुटान र बंगलदेशसंगको नजिकको नेपाली भूभागमा रहने पार्कमा विश्व बजारका प्रख्यात कम्पनीहरु भित्रिने निश्चत भएको पार्क व्यवस्थापनले जनाएको छ । हालसम्म २६ त्यस्ता कम्पनीको उद्योग पार्कभित्र रहने निश्चित भएको र बाँकी ९८ वटा प्रक्रियामा रहेको पार्कका अध्यक्ष थापाले बताए ।

विश्व बजारमा खपतका लागि चाहिने महत्वपूर्ण वस्तुहरु अब नेपालमा उत्पादन हुने उनको दाबी छ ।गोपनियताका कारण तत्काल ती कम्पनीहरुबारे सबै कुरा खोल्न मिल्दैन, तर विश्व बजारमा अब ‘मेड इन नेपाल’ वस्तुहरु पुग्नेछन्’ अध्यक्ष थापाले भने । पहिलो चरणमा कृषि र खाद्यन्नजन्य उद्योग, टेक्सटायल र क्रमशः विद्युतीय गाडी देखि मोबाइल फोनसमेत ओद्योगिक पार्कमा उत्पादन हुने कम्पनीले जनाएको छ । नेपाली कम्पनी पनि पार्कमा आउन चाहे बाटो खुला रहने अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति २०७७ फाल्गुण १७ गते सोमबार ११:२०
प्रतिक्रियाहरु