धनगढी– जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नैतिकताका आधारमा राजीनामा नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको बताएका छन्।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महतोले आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने बताए। कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ओलीलाई हटाउने नेकपाले नै हाे’ महताेले भने।
उनले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेकाे बताए। ‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, दलको नेताबाट हटाउन सक्नुपर्यो नि नभए पार्टी फोरेर हटाउनुपर्यो’, महतोले भने, ओलीको विकल्प नेकपाबाटै आउँछ के, अहिले जनतालाई झुक्याउने काम भइरहेको छ।’
उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुकाे सत्ता सहकार्य नहने बताए।
दलीय प्रणालीमा सरकार बनाउन कुनै समूहसँग सहकार्य हुँदैन, पार्टी हुनुपर्छ’ महतोले भने, या त भन्नुपर्यो माधव नेपाल पार्टी, प्रचण्ड–माधव पार्टी, तर मजाक बनाउनु भएन के।
उनले देशमा नैतिकताको खडेरी देखिएको बताए। नैतिकता भएको भए केपी ओलीले राजीनामा दिनुपर्ने उनले बताए। ‘नैतिकतामा राजीनामा मागिँदैन, महसुस भएपछि दिने कुरा हो’ महतोले भने, केपी ओलीमा नैतिकता नै देखिएन।
प्रकाशित मिति २०७७ फाल्गुण १८ गते मङ्गलबार ०४:२४