मलंगवा -: प्रधानमन्त्री केपी ओली नेपालको इतिहासकै कातर प्रधानमन्त्री रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बताएका छन् ।सर्लाहीको पश्चिमी क्षेत्र धनकौलमा आयोजना गरिएको आमासभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन...
मलंगवा -: प्रधानमन्त्री केपी ओली नेपालको इतिहासकै कातर प्रधानमन्त्री रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बताएका छन् ।सर्लाहीको पश्चिमी क्षेत्र धनकौलमा आयोजना गरिएको आमासभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफ्नो ज्यानको खतरा रहेको बताउने प्रधानमन्त्री जनताको सुरक्षा गर्न नसक्ने बताएका छन् ।’ जुन देशको प्रधानमन्त्रीले आफ्नो ज्यान जोगाउन सक्दैन् । त्यो जनतालाई कसरी सुरक्षित राख्न सक्छ भनेर प्रश्नसमेत गरेका छन् ।
पोखरा पुगेर आफ्नो ज्यानको खतरा रहेको बताउनु देशका लज्जाको विषय भएको थापाले बताएका छन् । सयौं सुरक्षाकर्मीको बीचमा रहने प्रधानमन्त्रीले यस्तो कुरा गर्नु लज्जास्पद कुरा हो ‘। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र ब्रिफकेश गणको बीचमा रहेको प्रधानमन्त्रीले यस्तो कुरा गर्नु अनैतिक भएको उनले सुनाए ।
आफ्नो र जनताको ज्यान जोगाउन नसक्ने लुते प्रधानमन्त्रीको आवश्यक्ता छैन् । योग्यता र क्षमताको अधारमा ओली प्रधानमन्त्री हुन लायक नभएको उनको भनाइ छ ‘। पोखरामा जसरी आफ्नो ज्यानको खतरा रहेको बताउनु नेपाली जनताका लागि दुःखद कुरा भएको थापाले बताए ।
अर्को प्रसंगमा थापाले सर्वोच्च अदालतको निर्णय स्वागत योग्य भएको बताए’ । देश र जनताको पक्षमा फैसला गर्ने अदालतलाई सलाम छ । अदालतले संविधानले दिएको जिम्मेवारीलाई पुरा गरेको छ । अब ठ्क्याकै यस्तै अवस्था निर्वाचन आयोगको आएको छ ।
उनले निर्वाचन आयोगले ओलीलाई सूर्य चिह्न दिन्छ कि प्रचण्ड नेपाललाई दिन्छ त्यो कांग्रेसको चासोको विषय नभएको बताए ‘। तर, निर्वाचन आयोगलाई प्रयोग गरेर प्रधानमन्त्री र प्रचण्ड नेपाल समूहले देशलाई बन्धक बनाउने काम गरेको आरोप लगाए ‘
अब देशलाई हाक्ने जिम्मा कांग्रेसको काँधमा आएको छ ‘। काँग्रेसको सरकार भए यस्तो अवस्था कहिले नआउने उनले जिकिर गरेका छन् । थापाले कार्यक्रममा जनता समाजवादी पार्टीले समेत देश र प्रदेशलाई डुबाउने काम गरेको दाबी गरेका छन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७