सरकारसँग सहमति भएपछि विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

सरकारसँग सहमति भएपछि विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २१ गते शुक्रबार १२:३०

भ्रेपलाञ्चोक -:   सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएपछि नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्। उनलाई काभ्रे प्रहरीले शुक्रबार रिहा गरेको हो। बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको...

भ्रेपलाञ्चोक -:   सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएपछि नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन्। उनलाई काभ्रे प्रहरीले शुक्रबार रिहा गरेको हो।

बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिएका छन्। नेता बास्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरिएको थियो।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएको थियाे। सहमतिअनुसार सरकारले पक्राउ परेका नेकपाका नेता र कार्यकर्ताहरुलाई छोड्ने निर्णग गरेको थियो। सहमतिबारे शुक्रबार विस्तृत जानकारी गराइने तयारी भइरहेको छ।

रकारले प्रतिबन्ध हटाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक रुपमा देखा परेका छन् । महासचिव विप्लवले नवलपरासीमा सहिद परिवारसँग भेटघाट गरेका हुन् ।

सरकार र विद्रोही नेकपाबीच वार्ता सहमतिमा पुगेपछि नेकपाका महासचिव विप्लव पहिलोपटक सार्वजनिक रुपमा देखा परेका हुन् । नवलपरासीमा शहीद परिवार भेटघाट गरि उनी आज काठमाडौं आउँदै छन् ।

विहान ३ बजे पूर्वी नवलपरासी आइपुगेका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं प्रस्थान गरिसकेका छन् । उनलाई त्यहाँ उनी निकट कार्यकर्ताहरुले विदाइ गरेका थिए ।काठमाडौं आए लगतै उनी २ बजे राष्ट्रियसभा गृहमा हुने घोषणासभा कार्यक्रममा सहभागी हुने छन् ।

प्रकाशित मिति २०७७ फाल्गुण २१ गते शुक्रबार १२:३०
प्रतिक्रियाहरु