तीन बुँदे सहमति पालना गर्न प्रतिवद्ध छौं–नेत्रविक्रम चन्द

तीन बुँदे सहमति पालना गर्न प्रतिवद्ध छौं–नेत्रविक्रम चन्द

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २१ गते शुक्रबार ०३:३६

काठमाडौं, फागुन २१ -:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आजको दिन राजनीतिको नयाँ थालनीको दिन भएको उल्लेख गर्नुभएको छ '। काठमाडौंमा सरकारसँग तीन बुँदे सहमति गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै...

काठमाडौं, फागुन २१ -:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले आजको दिन राजनीतिको नयाँ थालनीको दिन भएको उल्लेख गर्नुभएको छ ‘।

काठमाडौंमा सरकारसँग तीन बुँदे सहमति गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो’ ।

अध्यक्ष विप्लवले सहमतिका पछाडी महान् आकांक्षा रहेको दावी गर्दै भन्नुभयो, ‘देशलाई स्वाधीन र स्वाभीमानी मुलुक बनाउन, समृद्धीको आकांक्षा पूरा गर्न सहमति गरिएको हो ।’ शहीदहरुको आकांक्षा, सपना पूरा गर्ने रहेको छ ।’

उहाँले अब मुक्त आकाशमा रहेर राजनीति गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । तीन बुँदेमा आफ्नो पार्टी प्रतिवद्ध रहेको र पालना गर्ने विश्वास दिलाउनुभयो ‘।

अध्यक्ष विप्लवले तीन बुँदे सहमति तयार पार्न सफल भएकामा वार्ता टोलीलाई, प्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवादेखि सेना प्रहरीलाई धन्यवाद दिनुभयो’ ।

प्रकाशित मिति २०७७ फाल्गुण २१ गते शुक्रबार ०३:३६
प्रतिक्रियाहरु