दुई जीब्रे देउवाको फेरियो बोली-`म प्रधानमन्त्रीको दौडमा छैन’

दुई जीब्रे देउवाको फेरियो बोली-`म प्रधानमन्त्रीको दौडमा छैन’

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २२ गते शनिवार ११:५०

काठमाडौं, २२ फागुन -:  कहिले प्रधानमन्त्री बन्न हतार गर्ने त कहिले प्रतिपक्ष निर्वाह गर्नु नै पार्टीको भूमिका हो भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार काँग्रेसका...

काठमाडौं, २२ फागुन -:  कहिले प्रधानमन्त्री बन्न हतार गर्ने त कहिले प्रतिपक्ष निर्वाह गर्नु नै पार्टीको भूमिका हो भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।

शनिबार काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् ।

उनले भने, म प्रधानमन्त्रीको रेसमा छैन । प्रतिपक्षी सरकारमा जानुहुन्न भन्नेहरु पनि छ। प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन ।

सभापति देउवाले नेकपाभित्रको पछिल्लो आन्तरिक किचलोमा आफू फस्न नचाहेको बताएका छन्। पार्टीले नेकपाको कुनै पनि पक्षलाई समर्थन नगर्ने बताउँदै संसदमा उनीहरुको प्रस्तुतिपछि मात्रै कांग्रेसले आफ्नो धारणा प्रस्तुत गर्ने पनि उलने बताए ।पुस्तक विमोचन कार्यक्रम देउवा निवास बूढानीलकण्ठमा आयोजना गरिएको थियो ।

प्रकाशित मिति २०७७ फाल्गुण २२ गते शनिवार ११:५०
प्रतिक्रियाहरु