काठमाडौं -: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ‘। यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भनेको अविश्वास प्रस्ताव प्रभावित बनेको छ । यसअघि प्रचण्ड–माधव पक्षले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अघिसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने जनाएको थियो ।
आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गर्ने संकेत नदेखाएपछि प्रचण्ड–माधव पक्षका नेताहरुले आन्तरिक छलफल गरेका थिए ।’ आज सिंहदरबारस्थित देव गुरुङको कार्यकक्षमा भएको छलफलपछि प्रचण्ड माधव पक्षका नेताहरु सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेर कुराकानी गरेका थिए ‘।
गुरुङको कार्यकक्षमा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, नेताहरु नारायणकाजी श्रेष्ठ र सुरेन्द्र पाण्डे लगायतका नेताहरुबीच भएको छलफलमा तत्काल अविश्वास प्रस्ताव अघि नबढाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए ।’ उनका अनुसार नेपाली काँग्रेसले अविश्वास प्रस्तावबारे क्लियर कुरा नगरेकाले तत्काललाई सो प्रस्ताव अघि नबढाउने निष्कर्षमा नेतृत्व पुगेको हो ।
‘अविश्वास प्रस्ताव अघि बढाउन काँग्रेसको साथ आवश्यक छ । तर, उसले अविश्वास प्रस्तावको पक्षमा साथ दिने वा नदिने कुनै निर्णय गर्न सकेको छैन जसले गर्दा पुर्व योजना तत्काल अघि बढाउन असमर्थ भएको हो’ ती नेताले भने, ‘अव केही दिन पर्ख र हेरकै स्थिति हुने भो ।’
यो सँगै प्रचण्ड–माधवले संसदमा दर्ता गरेको प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावले आफै अप्ठ्यारोमा पर्दै गएका छन् । संसदमा अविश्वासको प्रस्ताव फेल भएपछि पुनः एक वर्ष लान नपाउने संवैधानीक व्यवस्था रहेको छ ‘। यस पटक प्रचण्ड–माधव समूहले प्रधानमन्त्री विरुद्धको अविस्वासको प्रस्ताव फेल भएमा उक्त समूहको मात्र नभई दक्षिणपन्थीको नै पराजय हुने भएको छ’ । कांग्रेसले पचण्ड–माधवलाई साथ नदिएमा आफुले खनेको खाल्डोमा आफै प्रचण्ड–माधव समूह पर्ने भएका छन् ।
काँग्रेसले नेकपा कानुनी रुपमा विभाजित भएमात्रै आफ्नो धारणा क्लियर गनुपर्ने शुक्रबार बसेको दलको बैठकमा सांसदहरुले दवाव दिएका थिए । ‘निर्वाचन आयोगले नेकपाबारे कुनै निर्णय गरिसकेको अवस्था छैन’ । यस्तो अवस्थामा प्रचण्ड–माधव वा ओली कसैलाई सहयोग गर्ने(नगर्ने भन्नेमा काँग्रेसलाई हतार छैन’काँग्रेस नेता डा। मिनेन्द्र रिजालको भनाइ छ ।
यसअघि नेपाली काँग्रेस संसदीय दलको बैठकमा नेकपाले अविश्वास प्रस्ताव लैजाँदा काँग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम राख्नेबारे संवैधानिक खोजी भएको थियो ‘।
प्रकाशित मिति २०७७ फाल्गुण २३ गते आईतबार ०२:५६