माधव नेपाल लगायतले राजनीतिक सन्यास लिँदा उपयुक्त हुन्छ’ – सूर्य थापा

माधव नेपाल लगायतले राजनीतिक सन्यास लिँदा उपयुक्त हुन्छ’ – सूर्य थापा

छाँयापाटी

@छाँयापाटी

२०७७ फाल्गुण २४ गते सोमबार १०:१२

काठमाडौं, फागुन २४-:  नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल लगायतका पूर्वएमालेका नेताहरुले अब राजनीतिक सन्यास लिँदा उपयुक्त हुने बताउनुभएको छ । ओली–प्रचण्ड अध्यक्ष...

काठमाडौं, फागुन २४-:  नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार नेपाल लगायतका पूर्वएमालेका नेताहरुले अब राजनीतिक सन्यास लिँदा उपयुक्त हुने बताउनुभएको छ ।

ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपालाई सर्वोच्च अदालतले खारेज गर्ने आदेश दिएपछि वरिष्ठ नेता नेपाल लगायतका पूर्वएमाले नेताहरुको राजनीतिक हैसियत समाप्त भएको थापाको विश्लेषण छ ।

उनले भन्नुभयो ,प्रचण्डको राजनीतिक हैसियत रह्यो, माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य लगायत नेताको राजनीतिक हैसियत सकियो, नैतिकताका आधारमा सन्यास लिँदा उपयुक्त हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विषबमन गरेर नेताहरुले अराजनीतिक र अदूरदर्शी काम गरेको भन्दै नेता थापाले सर्वोच्चको आदेशले नेकपा खारेज गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा पुगेपछि नेपाल लगायतका नेताको राजनीति सकिएको दावी गर्नुभयो ।

प्रकाशित मिति २०७७ फाल्गुण २४ गते सोमबार १०:१२
प्रतिक्रियाहरु